१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असार २८ आइतबार १२:३२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना मिटर : सुदूरपश्चिम प्रदेशमा एक हजारभन्दा बढी कोरोना संक्रमणमुक्त भए

Read Time : < 1 मिनेट
२०७७ असार २८ आइतबार १२:३२:००

सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितमध्ये एक हजार दुई सय ६७ जना संक्रमणमुक्त भएर घर फर्केका छन् । 

प्रदेशको सामाजिक विकास मन्त्रालयको तथ्यांकअनुसार हालसम्म प्रदेशभर तीन हजार सात सय ५८ जनामा संक्रमण पुष्टि भएको छ ।

असार लागेदेखि संक्रमण उच्च बनेको सुदूरपश्चिममा एक सातायता भने संक्रमण दर घटेको मन्त्रालयका कोरोना फोकल पर्सन नरेन्द्रसिंह कार्कीले बताए । 

पछिल्लोपटक तीनजनामा संक्रमण पुष्टि भएको उनले जानकारी दिए । प्रदेशमा हालसम्म कोरोना संक्रमण देखिएका आठजनाको मृत्यु भएको छ । 

प्रदेशभर सबैभन्दा बढी कैलालीमा संक्रमितको संख्या झन्डै एक हजारनजिक छ । पाँच सयभन्दा बढी संक्रमित देखिएको जिल्ला तीनवटा छन् । 

सामाजिक विकास मन्त्रालयका अनुसार कैलालीमा नाै सय ९४ जना, अछाममा पाँच सय ९२, डोटीमा पाँच सय ३५, कञ्चनपुरमा चार सय ४६ जनामा संक्रमण पुष्टि भएको छ ।

बाजुरामा चार सय ४६ जनामा संक्रमण पुष्टि भएको उनले बताए । 

त्यस्तै बैतडीमा दुई सय ९८, बझाङमा एक सय ५९, डडेल्धुरामा दुई सय ६९ र दार्चुलामा १९ जनामा संक्रमण देखिएको छ । 

शंकास्पद १५ जनाकाे आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

भारतबाट फर्कनेको संख्या घटेसँगै क्वारेन्टाइनहरू पनि खाली हुन थालेका छन् । 

अहिले प्रदेशभर चार हजार नाै सय ७३ जना विभिन्न क्वारेन्टाइनमा रहेका मन्त्रालयले जनाएको छ । 

भारतबाट फर्कनेको घुइँचो लागेपछि जेठ अन्तिम सातातिर क्वारेन्टाइनमा बसेकाको संख्या ७५ हजारभन्दा बढी थियो ।