१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २८ आइतबार ०६:०५:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

इजी ट्याक्सी नेपाल एपले ११ हजार  ट्याक्सीचालकको कोरोना बिमा गरिदिने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २८ आइतबार ०६:०५:००

इजी ट्याक्सी नेपाल एपले ट्याक्सीचालकहरूको सुरक्षालाई ध्यानमा राखेर कोरोनाको बिमा गरिदिने भएको छ । कम्पनीले उपत्यकाका ११ हजार ट्याक्सीचालकको बिमा गरिदिन लागेको हो । 

कोरोना बिमा गर्न चाहने चालकले इजी ट्याक्सी नेपाल एपमार्फत ट्याक्सी सेवा सञ्चालन गरिएको हुनुपर्ने सर्त राखिएको छ । इजी ट्याक्सी नेपालका अध्यक्ष सञ्जित पौडेलले लकडाउनका कारण लामो समयसम्म ट्याक्सी बन्द भएको र चालकहरू समस्यामा रहेका कारण बिमा गर्न लागिएको बताए । बिमा गर्दा ट्याक्सीचालकहरूले ढुक्कले सेवा दिन सक्ने उनको भनाइ छ । 

एपमार्फत यात्रुले सजिलै ट्याक्सी बोलाउन सक्नेछन् भने ट्याक्सीचालकले पनि सजिलै यात्रु पाउने कम्पनीले जनाएको छ । एपभित्र चालक तथा यात्रुलाई सुरक्षित गराउन म्यानुअल दर्ता सिस्टमको पनि व्यवस्था गरिएको जनाइएको छ । जसको माध्यमबाट यात्रुको मोबाइलमा कुन नम्बरको ट्याक्सीमा कुन स्थानसम्म जाँदै छु भन्ने कुरा जानकारी प्राप्त हुन्छ । ट्याक्सीचालकले यात्रुलाई कुन स्थानबाट कहाँ पुर्‍याउने हो, सजिलै दर्ता गर्न सक्ने जनाइएको छ ।  

यसबाट चालक तथा यात्रु दुवै सुरक्षित हुनुका साथै कुनै मालसामान छुटेको अवस्थामा पनि सजिलै आफू चढेको ट्याक्सीका बारेमा जानकारी प्राप्त गर्न सकिने र मालसामान फिर्ता पाउन सहज हुने कम्पनीले जनाएको छ ।