Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण १९ सोमबार
  • Monday, 03 August, 2020
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार २८ आइतबार ०८:०२:००
सम्पादकीय प्रिन्ट संस्करण

गैरजिम्मेवार मिडियाले कूटनीतिक क्षति

नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार २८ आइतबार ०८:०२:००

विश्वभर यतिवेला शक्तिकेन्द्रबीच तीव्र द्वन्द्व देखिएका छन् । नम्बर एक विश्वशक्ति अमेरिका र विश्वको दोस्रो अर्थतन्त्र चीनबीच व्यापार युद्ध दुई वर्षदेखि जारी छ । अमेरिकाबाट यसको मुख्य तारो भने चिनियाँ सञ्चार प्रविधिको क्षेत्रका कम्पनी भइरहेका छन् । चीनको पाँचौँ पुस्ताको मोबाइल नेटवर्कको सबैभन्दा अग्रणी कम्पनी हुवावेमाथि अवरोध जारी छ । उसले आफ्ना सञ्चार उपकरणको माध्यमबाट अरू देशका व्यक्ति र संस्थाका गोप्य सूचना चोरी गरेर चीन सरकारलाई दिन्छ भन्ने अपुष्ट आरोप लगाउँदै चलाइएको यो अभियानले अमेरिकासँग निकटको सम्बन्ध राख्ने अरू देश पनि हुवावेलाई आफ्नो देशमा काम गर्न नदिने निर्णय गर्दै छन् । प्रविधिमाथि श्रेष्ठता कायम गर्ने प्रतिस्पर्धाको यो दौडमा पछिल्लोपटक भारत पनि सामेल भएको छ । लद्दाख क्षेत्रको तनावपछि भारतमा लोकप्रिय एप्स विच्याट र टिकटकसमेत ५९ वटा चिनियाँ एप्समाथि भारतले प्रतिबन्ध लगाएको छ । चीनमा पनि फेसबुक र ट्विटर सर्वसाधारणको पहुँचमा पुग्न पाएका छैनन्। 

गलत सूचनाको खेती यति फस्टाएको छ कि सूचनाहरूको समुद्रमा सही र गलत समाचार दूध र पानी मिसिएझैैँ घुलेका छन् । 

अहिलेको प्रविधि युद्ध सञ्चार युद्धमा पनि रूपान्तरित छ । चीनले केही महिनापहिले वालस्ट्रिट जर्नल र न्युयोर्क टाइम्सका चीनमा कार्यरत पत्रकारलाई भिसा थप्न अस्वीकार ग-यो । यता चिनियाँ सञ्चार माध्यमका लागि काम गर्ने चिनियाँलाई अमेरिकामा नियन्त्रण गर्न थालिएको छ । यो सूचना तथा सञ्चारमाथि आफ्नो नियन्त्रण कायम राख्ने ठूलो स्तरको टकराव हो । हिलेको विश्वको जनमत सूचना तथा समाचारमा व्यक्त हुने दृष्टिकोणका कारण अत्यधिक प्रभावित हुने गरेको छ । त्यसमाथि गलत सूचनाको खेती यति फस्टाएको छ कि सूचनाहरूको समुद्रमा सही र गलत समाचार दूध र पानी मिसिएझैैँ घुलेका छन् ।

सूचना तथा समाचार संस्थाहरू अब नरम शक्तिका लागि सबै देशका हतियार भएका छन् । यसको पछिल्लो उदाहरण बनेका छन्, भारतीय टेलिभिजन च्यानलहरू लिम्पियाधुरा र कालापानी क्षेत्र समेटेर नेपालले नक्सा सार्वजनिक गरेदेखि लगातार नेपाल, नेपाल सरकार र चीनलाई समेत गाँसेर ती च्यानलले उत्पादन र प्रसारण गर्ने कु–सूचनाको खेतीका कारण तिनले भारतमा त नेपालविरुद्ध जनमत बनाए होलान्, भारतीय स्वार्थलाई टेवा पुर्‍याउने प्रयास पनि गरे होलान् । तर, नेपाली जनताबीच ती नराम्रोसँग गिरेका छन् । यही प्रकरणको अन्तिम कडीका रूपमा चिनियाँ राजदूत र नेपाली प्रधानमन्त्रीलाई जोडेर गरिएको आपत्तिजनक सूचना–युद्धपछि ती च्यानल नेपालमा प्रतिबन्धित हुन पुगेका छन् ।

नेपालमा अरू देशका टेलिभिजन च्यानलका प्रसारण अधिकार खरिद गरेर नेपाली उपभोक्तासम्म पुर्‍याउने केबल तथा डिटिएच अपरेटरहरूले बिहीबार रातिदेखि सरकारी च्यानल दूर दर्शनबाहेकका भारतीय समाचार च्यानलको प्रसारण बन्द गरे । सूचना गलत र सही जे भए पनि त्यसलाई पर्गेल्ने र रुचेका समाचार मात्र ग्रहण गर्ने आमनागरिकको अधिकार यसले खुम्च्याएको विषयलाई एकछिन थाती राखेर हेर्ने हो भने ती च्यानलमाथिको प्रतिबन्ध नेपालको स्वाभाविक प्रतिक्रिया हो । 

यो प्रतिबन्ध ठीक हो कि होइन भन्ने आ–आफ्ना तर्क होलान् । तर, यो घटनाले नेपालमा भारतीय हितलाई गम्भीर चोट पुर्‍याएको छ, भारतलाई गम्भीर कूटनीतिक क्षति भएको छ । मोदी सरकार सत्तामा आएपछि गोदी मिडियाका रूपमा परिचय बनाएका यी सञ्चार माध्यमका नेपाली जनतालाई भारतको हितकारी बनाउन मनोवैज्ञानिक युद्ध गर्ने भारतीय बौद्धिक जमात र भाजपा नियन्त्रित साउथ ब्लकको सोचाइ हो भने त्यसले अहिले नै उल्टो परिणाम दिएको छ ।