१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका विराटनगर
२०७७ असार २८ आइतबार ०७:५९:००
Read Time : < 1 मिनेट
साहित्य

डा. राईलाई भाषा साहित्य पुरस्कार

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, विराटनगर
२०७७ असार २८ आइतबार ०७:५९:००

यस वर्षको बालकृष्ण पोखरेल भाषा साहित्य पुरस्कार प्रदेश–१ सरकारले इलामका साहित्यकार डा. नोवलकिशोर राईलाई प्रदान गर्ने भएको छ । एक लाख रुपैयाँको पुरस्कार २९ असारमा भानुजयन्तीको अवसर पारेर हस्तान्तरण गरिनेछ ।

भाषाशास्त्री स्वर्गीय बालकृष्ण पोखरेलको सम्मानमा प्रदेश–१ सरकारले गत वर्ष उक्त पुरस्कार स्थापना गरेको थियो । गत वर्ष धरानका भाषाशास्त्री टंकप्रसाद आचार्यलाई पुरस्कार प्रदान गरिएको थियो ।

यस्तै, अन्य १२ जना स्रष्टालाई भाषा, कला र साहित्य सम्मान प्रदान गर्ने निर्णय प्रदेश सरकारले गरेको छ । सबैको राशि ५० हजार रुपैयाँ छ । ललितकलातर्फ मोरङकी अनुराधा थापा, साहित्यतर्फ मोरङका कविराज घिमिरे, धनकुटाका उमानाथ घिमिरे ‘सागर’, झापाका मुनाराज शेर्मा, खोटाङकी पञ्चकुमारी परियार, पाँचथरका प्रेम ओझा र सुनसरीका शिवनारायण पण्डित ‘सिंगल’लाई पुरस्कृत गरिने भएको हो ।

साहित्य र कलातर्फ सोलुखुम्बुका डिबी किराँती, रंगकलातर्फ झापाकी कविता नेपाल, चलचित्रकर्मीतर्फ मोरङका केशव रायमाझी, नृत्यकलातर्फ मोरङकी माया पौडेल र गीत–संगीततर्फ मोरङका वीरध्वज शिवालाई पुरस्कृत गरिने भएको छ ।