१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७७ असार २७ शनिबार २१:१७:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

बझाङका पहिरोपीडित २२ परिवारलाई राहत वितरण

Read Time : < 1 मिनेट
२०७७ असार २७ शनिबार २१:१७:००

बझाङको केदारस्युँ गाउँपालिका– ८ मल्लेसीका पहिरोपीडित २२ परिवारलाई ह्युमानिटी फाउन्डेसन नेपालले राहत सामग्री वितरण गरेको छ । पहिरोमा परिवारका सदस्य गुमाएका तथा पहिरोले घर बगाएर विस्थापित भएका परिवारलाई एक महिनाका लागि पुग्ने खाद्यान्न तथा लत्ताकपडालगायतका सामग्री सो संस्थाले शनिबार वितरण गरेको हो ।

प्रतिपरिवार एक क्विन्टल चामल, पाँच किलो दाल, तीन लिटर खानेतेल तथा प्रतिपरिवार तीन किलो नुन उपलब्ध गराएको ह्युमानिटी फाउन्डेसनले जनाएको छ । यस्तै पीडित परिवारलाई ब्रस, पेस्ट, साबुनलगायत दैनिक प्रयोगमा आवश्यक पर्ने सामान पनि वितरण गरेको फाउन्डेसनका सदस्य दीर्घराज उपाध्यायले जानकारी दिए ।

मल्लेसी गाउँमा आएको पहिरोमा परी गत साता ६ जनाको मृत्यु भएको थियो । पहिरोमा पुरिएर एकजना बेपत्ता भएका छन् । २२ परिवार पहिरोमा घर पुरिएका कारण विस्थापित छन् । विद्यालय र गोठमा आश्रय लिइरहेका पीडित परिवारलाई छाक टार्न समस्या भएको जानकारी पाएपछि फाउन्डेसनले राहत सामाग्री पुऱ्याएको उपाध्यायले बताए ।