१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
धवलागिरि गाउँपालिका–६ कल्लेनीमा पहिरोमा बेपत्ताहरुको खोजी गर्दै ।  तस्बिर सौजन्य : भुवानी पौडेल 
कमल खत्री म्याग्दी
२०७७ असार २७ शनिबार २०:०४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

म्याग्दीको पहिरोमा परी मृत्यु हुनेको संख्या २७ पुग्यो

Read Time : < 1 मिनेट
कमल खत्री, म्याग्दी
२०७७ असार २७ शनिबार २०:०४:००

म्याग्दीको धवलागिरि, मालिका र रघुगंगा गाउँपालिकामा शुक्रबार गएको पहिरोमा परी मृत्यु हुनेको संख्या २७ पुगेको छ । यस्तै बेपत्ता भएकामध्ये तीनजना सम्पर्कमा आएका छन् भने चारजना अझै बेपत्ता छन् । 

धवलागिरि–६ मराङमा १८, मालिका–७ बिमका आठ र रघुगंगा–६ ठाडाखानीमा एकजनाको शव फेलापरेको डिएसपी किरणजंग कुँवरले बताए । उनका अनुसार धवलागिरि–६ मराङका तुलबहादुर क्षेत्री, सुकना लामगादे, आशिष लामगादे, आयुष लामगादे, आयुषा लामगादे, रेश्मा सुनार, मन सुनार, कमला श्रीपाली, सुरक्षा श्रीपाली, सुरज श्रीपाली, प्रकाश केसी, हिरामति जुग्जाली, करिश्मा जुग्जाली, कञ्चन जुग्जाली, गौशरा जुग्जाली, दिमा जुग्जाली, दिप्ती जुग्जाली र दिवान जुग्जालीको मृत्यु भएको छ । 

मालिका–७ बिमकी विष्णु पौडेल, इच्छा पौडेल, गौदेवी नेपाली, विशेष नेपाली, वीरबहादुर नेपाली, निशा नेपाली, विष्णु नेपाली, सन्दीप नेपालीको पनि पहिरोमा पुरिएर मृत्यु भएको छ । लापु खोलाले बगाएर रघुगंगा–६ ठाडाखानीका ५० वर्षीय नलिमान छन्त्यालको मृत्यु भएको थियो । 

मराङको रिखको पहिरोमा बेपत्ता भएका ४० वर्षीय धनबहादुर जुग्जाली, ३३ वर्षीय रितुकुमारी जुग्जाली, अर्जुन जुग्जाली सम्पर्कमा आएका हुन् । पहिरोले पुरिएका मालिका–७ बिमकी एलिसा केसी, धवलागिरि– ६ कल्लेनीकी जनिमा केसी, सबिन पुन र दुखुखोलामा बेपत्ता भएकी मालिका–६ की गीता रोकालाई भने भेटिएको छैन ।

प्रहरीका अनुसार पहिरोको जोखिममा रहेका धवलागिरि गाउँपालिकाका पाँच सय ९०, मालिकाका एक सय ९६, रघुगंगाका ८५ र बेनी नगरपालिकाका २५ जनालाई सुरक्षित ठाउँमा सारिएको छ । पहिरोमा घाइते भएका १२ जनाको हेलिकोप्टरबाट उद्धार गरिएकोमा सातजनाको बेनी अस्पताल, एकजनाको काठमाडौं र चारजनाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचार भइरहेको छ ।