मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
फाइल फोटो
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २७ शनिबार १८:३३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

ओलीको राष्ट्रियताको मुद्दा कागजीबाघ मात्रै : कांग्रेस नेता पौडेल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २७ शनिबार १८:३३:००

कांग्रेस नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीको राष्ट्रियताको नारा कागजी बाघ मात्र भएको बताएका छन् । गण्डकी प्रदेशका कांग्रेस नेता तथा कार्यकर्ताहरूसँगको अर्चुअल बैठकमा पौडेलले राष्ट्रियताको मुद्दालाई ओलीले कागजीबाघ मात्र बनाएको बताएका हुन् । 

उनले प्रधानमन्त्री ओलीले राष्ट्रियतालाई कागजीबाघ बनाएकाले नेपाली भूमि फिर्ता गर्न नसक्ने बताए । उनले वार्ता गर्ने वेलामा गाली–गलौजमा उत्रिएर भारतसँगको वार्ताको वातावरण बिगारेको आरोप लगाए ।

पौडेलले कम्युनिस्टहरूको राष्ट्रियता मात्र नभएर समाजवाद पनि कागजीबाघ भएको बताए । उनले कम्युनिस्टहरूले भन्ने समाजवाद, समानता, तर काम भने भ्रष्टाचार गरेर नयाँ वर्ग जन्माउने गरेको बताए । पौडेलले गरिबी, अशिक्षा तथा महामारी रोक्न कम्युनिस्ट सरकार असफल भएको बताए । कम्युनिस्टहरूले जनतालाई झुक्याउने अनि सत्ता हत्याउने जालझेलभन्दा अरू कुनै काम गर्ने ढंग नभएको पौडेलको भनाइ थियो ।

पौडेलले कांग्रेसको १४औँ महाधिवेशन फागुनमा हुँदैन कि भन्ने शंका नगर्न आमनेता तथा कार्यकर्तालाई आग्रह गरे । उनले फागुनमा महाधिवेशन गर्न पर्याप्त  समय भएको बताउँदै कतै महाधिवेशन नगराउनेहरू सक्रिय हुन्छन् कि भन्नेमा खबरदारी गर्न आग्रह गरे । उनले क्रियाशील सदस्य वितरण गरेको दुई महिनामा सबै स्थानीय अधिवेशन सम्पन्न हुने स्पष्ट पारे ।