मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार २७ शनिबार १७:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

क्वारेन्टाइनका बसेका वृद्धको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ असार २७ शनिबार १७:३२:००


भारतबाट आएर २३ असारदेखि क्वारेन्टाइनमा बसिरहेका भानु नगरपालिका– ५ मैबलका ६६ वर्षीय रामबहादुर श्रेष्ठको शनिबार बिहान मृत्यु भएको छ । उनी भानु नगरपालिका–२ स्थित शारदा कलेजको क्वारेन्टाइनमा बस्दै आएका थिए । 

शनिबार बिहान अकस्मात् बिरामी परेपछि उपचारका लागि पोखरा लैजाँदै गर्दा श्रेष्ठको बाटैमा मृत्यु भएको तनहुँका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारीले जानकारी दिए । उनको शव गण्डकी अस्पताल पोखरामा राखिएको छ भने स्वाब संकलन गरी कोभिड–१९ परीक्षण गर्न लागिएको छ । 

मृतक श्रेष्ठ दम, मधुमेह, उच्च रक्तचापबाट पीडित रहेको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराईले बताए । जिल्लामा हालसम्म एक सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने सयजना कोरोना जितेर घर फर्किएका छन् ।