मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
रामकृष्ण थापा सिन्धुपाल्चोक
२०७७ असार २७ शनिबार १६:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गर्भवती महिला र घाइते वृद्धाको हेलिकोप्टरबाट उद्धार

Read Time : < 1 मिनेट
रामकृष्ण थापा, सिन्धुपाल्चोक
२०७७ असार २७ शनिबार १६:४१:००

बाह्रबिसे र भोटेकोसी क्षेत्रमा बुधबारदेखि गएको पहिरोका कारण तातोपानीमै रोकिएका गर्भवती महिला र घाइते एक वृद्धालाई हेलिकोप्टरबाट उद्धार गरी काठमाडौं पठाइएको छ । 

तातोपानी कोदारीनिवासी २५ वर्षीया विना तामाङलाई बुधबार रातिदेखि नै सुत्केरी बेथा लागेको थियो । एम्बुलेन्सबाट काठमाडौं ल्याउने तयारी गर्दागर्दै बाढीपहिरोले कोदारी राजमार्गलाई क्षतविक्षत पारेपछि तीन दिनदेखि ती महिला घरमै थलिएर बसेकी थिइन् ।

स्थानीय स्वास्थ्यकर्मीले बच्चा उल्टो अवस्थामा रहेको बताएपछि महिलाको परिवारले भोटेकोसी गाउँपालिका– २ का वडाध्यक्ष दीपेन्द्रकुमार श्रेष्ठलाई फोन गरेर उद्धारका लागि अनुरोध गरेका थिए ।

तरुण दल सिन्धुपाल्चोकका अध्यक्ष दोर्जे लामाले उद्धारका लागि हेलिकोप्टर पठाएका हुन् । अध्यक्षद्वय लामा र श्रेष्ठले निजी रकम खर्च गरेर सुत्केरी बेथाले थलिएकी गर्भवती महिला र पहिरोले पुरिएर घाइते बनेकी फुल्पिङकट्टीकी ७८ वर्षीया वृद्धा निम्डोमा शेर्पाको उद्धार गरिएको छ । प्रतिकूल मौसमका कारण शुक्रबार हेलिकोप्टर लैजान नसकिएको अध्यक्ष लामाले बताए । ‘बिरामीको खबर पाउन साथ हामीले हेलिकोप्टर चार्टर्ड गरेका थियौँ । तर, मौसमले साथ नदिँदा उद्धार ढिला भयो,’ लामाले भने ।