मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २७ शनिबार १६:१८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना मिटर : निकाे भएर शनिबार डिस्चार्ज हुने चार सय ३१, थप ७० जनामा संक्रमण पुष्टि

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २७ शनिबार १६:१८:००

पछिल्लाे २४ घन्टामा थप ७० जनामा मात्र काेराेना संक्रमण पुष्टि भएकाे छ ।

याे अवधिमा चार सय ३१ जना संक्रमित निकाे भएर डिस्चार्ज भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गाैतमले हालसम्म कुल संक्रमित १६ हजार सात सय १९ जना पुगेकाे जानकारी दिए ।

हालसम्म संक्रमणमुक्त हुनेकाे संख्या आठ हजार चार सय ४२ पुगेको छ । शनिबारसम्म निकाे हुने प्रतिशत ५०.५ पुगेकाे उनले बताए । 

यो अवधिमा देशभरका २५ वटा प्रयोगशालामा तीन हजार ६ सय ४८ जनाको पिसिआर विधिबाट परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।

त्यसैगरी हाल क्वारेन्टाइनमा २४ हजार ९७ र आइसोलेनमा आठ हजार दुई सय ३९ जना रहेको गौतमले जानकारी दिए ।