मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार २७ शनिबार १६:०५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

नारायणी नदीले कटान गरेको क्षेत्रमा पुगे प्रचण्ड 

Read Time : < 1 मिनेट
२०७७ असार २७ शनिबार १६:०५:००

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नारायणीले कटान गरेको भरतपुर महानगरपालिकाको न्युरेचोकको निरीक्षण गर्दै कटान रोक्नका लागि आवश्यक काम भइरहेको बताएका छन् ।

उनले कटान रोकिने भएकाले डर मान्नुपर्ने अवस्था नरहेको बताए ।  भरतपुर महानगरपालिका वडा नं. २७ र २८ को सीमा क्षेत्रमा पर्ने सो स्थानको निरीक्षणपछि उनले तत्कालका लागि अस्थायी समाधानको काम नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले गरिरहेको उल्लेख गरे । 

प्रचण्ड सोही क्षेत्रबाट निर्वाचित सांसद पनि हुन् । उनले प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओलीसँग परामर्श गरेर शनिबार हुने छलफल छाडेर निरीक्षणमा आएको बताए । पानी परेपछि शुक्रबारबाट सो क्षेत्रमा नारायणीले कटान सुरु गरेको हो । प्रचण्डले शनिबार नै माडी नगरपालिकाको बाढी प्रभावित क्षेत्रको पनि निरीक्षण गर्ने भएका छन् ।रासस