१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असार २७ शनिबार १५:२२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कर्णालीमा शनिबार थप सातजनामा कोरोना संक्रमण, १८ जना डिस्चार्ज भए

Read Time : < 1 मिनेट
२०७७ असार २७ शनिबार १५:२२:००

कर्णालीमा पछिल्लो २४ घन्टामा थप सातजनामा कोरोना संक्रमण देखिएको छ भने १८ जना कोरोना जितेर अस्पतालबाट डिस्चार्ज भएका छन् । 

प्रदेश अस्पताल–पशुपक्षी अन्वेषण प्रयोगशाला सुर्खेतमा गरिएकाे परीक्षणमा सुर्खेत जिल्लाका तीनजना, सल्यान जिल्लाका एकजना, रुकुम पश्चिमको चौरजहारी नगरपालिकाको पिसिआर प्रयोशशालाकाे परीक्षणमा रुकुम पश्चिम एकजना र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा जुम्लाका दुईजनामा कोरोना संक्रमण देखिएको कर्णाली प्रदेशकाे स्वास्थ्य महाशाखाका प्रमुख डा. लक्ष्मीनारायण तिवारीले बताए । 

‘हालसम्म कोरोना संक्रमित हुनेको संख्या एक हजार पाँच सय ९५ पुगेको छ,’ उनले भने, ‘सातजना शनिबार थप कोरोना संक्रमित फेला पर्नुभएको छ ।’ कर्णालीमा शनिबार १८ कोरोना संक्रमित निको भएर डिस्चार्ज भएकाे डा. तिवारीले जानकारी दिए ।

उनका अनुसारका कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट १ जना, सुर्खेतको चौकुने गाउँपालिकाको आइसोलेसनबाट पाँचजना, पञ्चपुरी नगरपालिकाको आइसोलेसनबाट पाँचजना, जाजरकोटको छेडागाड नगरपालिकाको आइसोलेसनबाट तीनजना र जिल्ला अस्पताल जाजरकोटबाट चारजना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् ।

कर्णालीमा हालसम्म कोरोना संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या एक हजार तीन सय ६५ पुगेको छ ।  हाल विभिन्न अस्पताल र आइसोलेसन सेन्टरहरूमा दुई सय २४ जना कोरोनाका सक्रिय संक्रमित रहेको डा. तिवारीले बताए ।