Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
रासस/एएनआई नयाँ दिल्ली
२०७७ असार २७ शनिबार १३:१६:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

भारतमा कोरोना संक्रमित आठ लाखभन्दा बढी, करिब ६ लाख निको भइसके 

Read Time : < 1 मिनेट
रासस/एएनआई नयाँ दिल्ली
२०७७ असार २७ शनिबार १३:१६:००

भारतमा कोरोना भाइरसबाट संक्रमितको संख्या शनिबार बिहानसम्म आठ लाख नाघेकाे छ ।

संक्रमित बढे पनि निकाे हुनेकाे संख्या भारतमा उच्च छ । पाँच लाख १५ हजार तीन सय ८६ जना निकाे भइसकेका छन् । भारतमा निको हुने प्रतिशत ६२.४२ छ । 

हाल उपचाररत संक्रमितकाे संख्या भने दुई लाख ८३ हजार चार सय सात मात्र छ । 

सरकारी अधिकारीहरूले शनिबार बिहान दिएको जानकारीअनुसार भारतमा अहिलेसम्म आठ लाख २० हजार नौ सय १६ जना संक्रमित भएका छन् ।  

तीमध्ये २७ हजार एक सय १४ जना पछिल्लो २४ घन्टामा संक्रमित भएका हुन् ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले यो संख्या एकैदिन संक्रमित हुनेमा हालसम्मकै बढी भएको जनाएको छ । 

भारतमा हालसम्म २२ हजार एक सय २३ जनाको मृत्यु भएको छ । 

प्रदेशअनुसार भारतमा सबैभन्दा बढी संक्रमित महाराष्ट्रमा छन् । 

महाराष्ट्रमा दुई लाख ३८ हजार चार सय ६१ जना हालसम्म संक्रमित भएका छन् । तमिलनाडुमा एक लाख ३० हजार दुई सय ६१ जना र तेस्रो धेरै संक्रमित दिल्ली प्रदेशमा एक लाख नौ हजार एक सय ४० जना छन् । 

भारत विश्वमा तेस्रो बढी काेराेना संक्रमित हुने मुलुक बनेको छ । अमेरिका र ब्राजिलमा पहिलो र दोस्रो स्थानमा छन् । 

भारतमा विगत २४ घन्टामा दुई लाख ८३ हजार ६ सय ५९ जनाको नमुना परीक्षण भएको छ । अहिलेसम्म एक करोड १० लाख २४ हजारभन्दा बढी व्यक्तिको कोभिड–१९ परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।