मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार २७ शनिबार ११:३१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कतारबाट फर्किका एक सय ४९ जनालाई खरिपाटी क्वारेन्टाइनमा राखियो

Read Time : < 1 मिनेट
२०७७ असार २७ शनिबार ११:३१:००

कतारबाट शुक्रबार स्वदेश फर्किएका एक सय ४९ जनालाई होल्डिङ सेन्टरमा नलगी सीधै भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा लगिएको छ । एक बालिका, ६ महिलासहित एक सय ४९ जना कतार एयरवेजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थल आएका थिए ।

आएकामध्ये केहीलाई कोरोना संक्रमणको आशंका भएपछि विमानस्थलबाट नौवटा गाडीमा राखेर सीधै खरिपाटीस्थित क्वारेन्टाइनमा लगिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन् । क्वारेन्टाइनमा लगेर पिसिआर परीक्षणको तयारी गरिएको उनले बताइन् । रासस