मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
हेमन्त केसी जाजरकोट
२०७७ असार २७ शनिबार ११:१९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

जाजरकोट पहिरो : घाइतेको उद्धारमा प्रदेश सरकार गम्भीर नभएको गुनासो 

Read Time : < 1 मिनेट
२०७७ असार २७ शनिबार ११:१९:००

जाजरकोटबाट कर्णाली प्रदेशमा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्यहरूले प्रदेश सरकार बिरामीको उद्धारका लागि गम्भीर नभएको गुनासो गरेका छन् । बारेकोट गाउँपालिका ४ र ६ मा तीनजना गम्भीर घाइते बिरामीहरूको उद्धारमा प्रदेश सरकार गम्भीर नभएको प्रदेश सभा सदस्य गणेशप्रसाद सिंहले जानकारी दिए । 

शुक्रबार मौसमको कारण देखाएर हेलिकोप्टर उडाउन नमानेको प्रदेश सरकारले शनिबार मौसममा सुधार हुँदा पनि उद्धारमा चासो नदिएको अर्का  प्रदेश सभा सदस्य करवीर शाहीले बताए ।  बारेकोटमा तीनजना पहिरोमा परी घाइते भएका छन् । उनीहरूको  अवस्था नाजुक बन्दै गएको छ ।