मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ४ मंगलबार
  • Tuesday, 16 April, 2024
रासस काठमाडौँ
२०७७ असार २७ शनिबार ०७:१३:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

पैसा तिरेर कोरोना परीक्षण गराउन पाइने, शुल्क पाँच हजार  पाँच सय

Read Time : < 1 मिनेट
रासस काठमाडौँ
२०७७ असार २७ शनिबार ०७:१३:००

सरकारले अबदेखि सातै प्रदेशमा शुल्क तिरेर कोभिड–१९ को पिसिआर विधि परीक्षण गर्न पाउने व्यवस्था गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सरकारकै प्रयोगशालामा निर्देशिकाभन्दा बाहेकका मानिसले आफूलाई इच्छाएको वेला शुल्क तिरेर नमुना परीक्षण गर्न पाइने व्यवस्था गरिएको जानकारी दिए । 

स्वास्थ्यमन्त्री भानुभक्त ढकालको अध्यक्षतामा यही असार २४ गतेको मन्त्रीस्तरीय निर्णयबाट प्रत्येक प्रदेशमा एक प्रयोगशालालाई शुल्क तिरेर निर्देशिकाभन्दा बाहेकका नमुना परीक्षण गर्न पाउने व्यवस्था गरेको हो ।     

उनका अनुसार प्रदेश १ मा कोसी अस्पताल, प्रदेश २ मा नारायणी अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, प्रदेश  ५ मा लुम्बिनी अस्पताल बुटवल, कर्णाली प्रदेशमा प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला सुर्खेत र सुदूरपश्चिम प्रदेशमा प्रादेशिक प्रयोगशाला धनगढीको प्रयोगशालालाई शुल्क तिरेर पिसिआर परीक्षण गर्न पाइनेछ ।     

आफैँ कोभिड–१९ को नमुना परीक्षण गराउन पाँच हजार पाँच सय लाग्नेछ । ती तोकिएका प्रयोगशालामा मानिसले शुल्क तिरेर परीक्षण गर्न पाउनेछन् । यसअघि मन्त्रालयले वैदेशिक रोजगारमा जाने चाहने व्यक्तिलाई निरोगिता प्रमाणपत्रका लागि वीर अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल तथा पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शुल्क तिरेर कोभिड–१९ को परीक्षण गर्न पाउने व्यवस्था गरेको थियो ।