१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार २७ शनिबार ०७:०९:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

चीनमा सबै अन्तर्राष्ट्रिय प्रतियोगिता रद्द

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार २७ शनिबार ०७:०९:००

कोभिड-१९ महामारीका कारण चीनले सन् २०२० का लागि तय भएका खेलकुदका सबै अन्तर्राष्ट्रिय प्रतियोगिता रद्द गरेको छ । देशभित्र भाइरस संक्रमण पुनः बढ्न थालेपछि चीनले यस्तो निर्णय लिएको हो ।

चीनबाटै सुरु भएको कोभिड-१९ महामारी पुनः फैलिन थालेपछि सन् २०२० का लागि तय भएका सबै अन्तर्राष्ट्रिय खेलकुद रद्द भएका छन् ।

सन् २०२२ मा बेइजिङ र चङचियाकउ सहरमा आयोजना गर्ने तयारी रहेको विन्टर ओलम्पिकको ‘ट्रायल’ भने नरोक्ने भएको छ । चीनको खेलकुदसम्बन्धी प्रशासनका अनुसार विश्व टेनिस संघ (डब्लुटिए)अन्तर्गत यस वर्ष चीनमा आयोजना हुने भनिएका ६ वटा प्रतियोगिता रद्द भएका छन् । चीनमा सन् २०२० मै एटिपीका पनि चारवटा अन्य प्रतियोगिता हुँदै थिए ।

यस्तै, चियामेन सहरमा अक्टोबरमा एसियन स्पोर्टस् क्लाइम्बिङ च्याम्पियनसिप र ग्वान्जाउमा डिसेम्बरमा ब्याडमिन्टन वल्र्ड टुर फाइनल आयोजना हुँदै थिए । यससँगै गत अप्रिलमा स्थगित भएको सांघाई ग्रान्ड प्रिक्स प्रतियोगिता यस वर्ष पुनः आयोजना हुने सम्भावना समाप्त भएको छ ।

आगामी अक्टोबरका लागि तय भएका साइक्लिङको पुरुषतर्फ ‘टुर अफ गुवाङ्ची’ र महिलातर्फ ‘टुर अफ चोङमिङ आइल्यान्ड’ पनि नहुने भएका छन् ।