मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार २७ शनिबार ०६:३७:००
Read Time : > 2 मिनेट
खेलकुद प्रिन्ट संस्करण

करोडका क्रिकेटर सन्दीप

Read Time : > 2 मिनेट
२०७७ असार २७ शनिबार ०६:३७:००

तीन महिनादेखि घरमै खुम्चिन बाध्य नेपाली क्रिकेटरलाई २२ असारमा क्यारेबियन मुलुक जमैकाबाट खुसीको खबर आयो- क्रिकेटर सन्दीप लामिछाने एक करोड ५६ लाखभन्दा बढी मूल्यमा अनुबन्धित भए । 

१८ अगस्ट-१० सेप्टेम्बरमा ट्रिनिडाड एन्ड टोबागोमा हुने तय भएको क्यारेबियन प्रिमियर लिग (सिपिएल) को खेलाडी ड्राफ्टमा उनी पनि छनोटमा परे । उनलाई ‘जमैका तालाबास’ले एक लाख ३० हजार अमेरिकी डलरमा अनुबन्ध ग-यो ।

सन्दीप एउटा प्रतियोगिताका लागि डेढ करोडभन्दा बढी मूल्यमा अनुबन्धित भएको यो दोस्रोपटक हो । यसअघि उनी इंग्ल्यान्डमा हुने तय भएको एक सय बलको नयाँ प्रतियोगिता ‘द हन्ड्रेड’का लागि एक लाख पाउन्डमा अनुबन्धित भएका थिए । यद्यपि, कोभिड-१९ का कारण ‘द हन्ड्रेड’ यस वर्ष नहुने निश्चित भइसकेको छ ।

‘मेरो परिचय र जीवन नै यो सुन्दर भूमि हो । नेपालको झन्डा सधैँ उचाइमा फैलिरहोस् । यही कामना गर्छु,’ क्रिकेटर सन्दीप लामिछानेले पाँच महिनाअघिको आफ्नो ‘ट्विट’ अझै ‘अनपिन’ गरेका छैनन् ।

‘सिपिएलजस्तो खेलकुदको ठूलो प्रतिस्पर्धाका लागि छनोट हुन पाउनु सम्मानको कुरा हो,’ उनी भन्छन्, ‘सिपिएल खेल्नु आफैँमा ठूलो अनुभव हो । क्यारेबियन जनताबाट पाएको साथ सधैँ प्यारो छ । मेरो नयाँ टोलीसँगको यात्रालाई लिएर उत्साहित छु।’

इन्डियन प्रिमियर लिग (आइपिएल), अस्ट्रेलियन बिग बास लिग, बंगलादेश प्रिमियर लिग, पाकिस्तान सुपर लिगलगायत अन्तर्राष्ट्रिय प्रायः सबै प्रतिष्ठित फ्रेन्चाइज खेलिसकेका सन्दीपको सिपिएलमा यो तेस्रो सिजन हो । यसअघिका दुई सिजन उनले फरक-फरक टोलीबाट खेलेका थिए ।

कोभिड-१९ महामारी सुरु भएपछि घरमै सीमित रहेका उनी फेरि अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा नेपाली ब्रान्डको स्वाद चखाउने यात्रामा निस्कँदै छन् ।

कोभिड-१९ महामारीले ठप्प अन्तर्राष्ट्रिय खेलकुद पूर्ववत् अवस्थामा फर्कने प्रयासमा छ । भाइरस संक्रमण रोक्न आवश्यक सतर्कता अपनाएर पुनः सञ्चालनमा ल्याइएका जर्मन बुन्डेसलिगा, इंग्लिस प्रिमियर लिग, स्पेनिस ला लिगाजस्ता युरोपेली लिग अन्तिम चरणमा पुगेका छन् । गत बुधबारदेखि इंग्ल्यान्ड र वेस्ट इन्डिजबीच टेस्ट क्रिकेट पनि सुरु भएको छ। 
  ...

‘मेरो परिचय र जीवन नै यो सुन्दर भूमि हो । नेपालको झन्डा सधैँ उचाइमा फैलिरहोस् । यही कामना गर्छु,’ क्रिकेटर सन्दीप लामिछानेले पाँच महिनाअघिको आफ्नो ‘ट्विट’ अझै ‘अनपिन’ गरेका छैनन् ।

यी युवा लेग स्पिनरले सामाजिक सञ्जालमा लेख्ने ‘स्टाटस’मा मात्रै होइन, आफ्नै कर्मले देशको झन्डा उचाइमा फहराएका छन् । कुनै घरेलु प्रतियोगितामै नदेखिई राष्ट्रिय टोलीको अपत्यारिलो यात्रा तय गरेका सन्दीपले त्यही शैलीमा अन्तर्राष्ट्रिय फ्रेन्चाइज क्रिकेटमा आफूलाई स्थापित गराएका छन् ।

सन्दीपले नेपाली राष्ट्रिय टोलीबाट खेल्न थालेको गत वैशाखमा चार वर्ष पुग्यो । विश्व क्रिकेट लिग च्याम्पियनसिपअन्तर्गत ४ वैशाख ०७३ मा नेपालले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नामिबियासँग प्रतिस्पर्धा गर्दा सन्दीपले पहिलोपटक राष्ट्रिय टोलीको जर्सी पहिरिएका थिए । 

पूर्वकप्तान राजु खड्काको चितवनस्थित एकेडेमीमा अभ्यास गर्दै गरेका सन्दीपलाई पुबुदु दासानायकेले राष्ट्रिय टोलीको बाटो देखाएका थिए । त्यसयता उनको लय राष्ट्रिय टोलीको मुख्य खेलाडीमा मात्र सीमित छैन, अन्तर्राष्ट्रिय फ्रेन्चाइज लिगमा पनि उनी नेपाली ब्रान्डजस्तै बनेका छन् । उनको वार्षिक आम्दानी करोड नाघ्न थालेको छ ।

सन्दीपका ठूला अनुबन्ध

द हन्ड्रेड, इंग्ल्यान्ड
टोली : ओभल इन्भिन्सिवल्स
पारिश्रमिक : एक लाख पाउन्ड
(कोभिड-१९ महामारीका कारण प्रतियोगिता स्थगित)

क्यारेबियन प्रिमियर लिग (२०२०)
टोली : जमैका तालाबास
पारिश्रमिक : एक लाख ३० हजार अमेरिकी डलर
(एक करोड ५६ लाख ४९ हजार रुपैयाँ)

क्यारेबियन प्रिमियर लिग (२०१९)
टोली : बार्बाडोस ट्राइडेन्स
पारिश्रमिक : ६५ हजार अमेरिकी डलर

ग्लोबल टी-२० लिग, क्यानडा (२०१९)
टोली : टोरोन्टो नेसनल्स
पारिश्रमिक : ६० हजार अमेरिकी डलर

बंगलादेश प्रिमियर लिग (२०१९)
टोली : सिलेट सिक्सर्स
पारिश्रमिक : ५० हजार अमेरिकी डलर