मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७७ असार २६ शुक्रबार १८:२९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

म्यानपावर कम्पनीको नवीकरणमा सहजीकरण गरिदिन श्रम मन्त्रालयलाई उद्योग समितिको निर्देशन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७७ असार २६ शुक्रबार १८:२९:००

म्यानपावर कम्पनीको नवीकणका लागि सहजीकरण गरिदिन संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । समितिको शुक्रबार बसेको बैठकले यस्तो निर्देशन दिएको हो । बाधा अड्काउ फुकाउका माध्यमबाट नवीकरणको व्यवस्था मिलाउन समितिले निर्देशन दिएको समिति सदस्य सरिताकुमारी गिरीको भनाइ छ ।

वैदेशिक रोजगार बोर्डमा रिक्त पदमा योग्य व्यक्ति नियुक्त गर्न पनि समितिले श्रम मन्त्रालयलाई निर्देश गरेको छ । ‘काम गरेको आधारमा र दाग नलागेको व्यक्तित्वलाई ल्याएर नियुक्ति गर्नुपर्छ भनेका छौँ,’ गिरीले भनिन्, ‘नियुक्तिको सवालमा जति खाली ठाउँहरू छन् एकैपटक पुर्ताल गर्नुपर्छ भन्ने पनि हाम्रो कुरा छ । विज्ञलाई एकपटक, महिलालाई अर्कोपटक गर्ने, यस्तो गर्नुहुँदैन ।’

समिति बैठकमा वैदेशिक रोजगार बोर्डमा भएको नियुक्तिबारे कुरा उठेको थियो । विवादित व्यक्तिलाई नियुक्त गरिएको भन्दै समिति सदस्यहरूले चासो राखेका थिए ।

श्रममन्त्री रामेश्वर राय यादवले विज्ञको रूपमा मात्रै नियुक्ति गरिएको बताएका थिए । मन्त्री यादवले भने, ‘बोर्डमा हेम गुरुङ र कैलाश खड्कालाई नियुक्त गरेको हो । कैलाश खड्कालाई विज्ञको रूपमा नियुक्त गरेको हो, जसका बारेमा अहिले चर्चा छ । हामीले उहाँको सिभी माग्यौँ । मन्त्रालयमा पहिला पनि विज्ञको रूपमा हुनुहँदोरहेछ । उहाँले मुद्दामामिलाको सबै कागजपत्र दिनुभयो । अदालतबाट क्लिनचिट पाइसक्नुभएको रहेछ । हामीमाथि शंका-उपशंका केही नगर्न अनुरोध गर्छु । विज्ञमध्येको एउटा व्यक्तिलाई नियुक्त गरेको मात्रै हो ।’