मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
गणेश लम्साल विराटनगर
२०७७ असार २६ शुक्रबार १७:४९:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

दशगजामा वर्षाैंदेखि भारतीय बस्ती

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७७ असार २६ शुक्रबार १७:४९:००

विराटनगर महानगरपालिका–१६ दरैया बस्तीसँगै जोडिएको नेपाल–भारत सिमानाको दशगजा क्षेत्रमा भारतीयले वर्षाैंदेखि बस्ती बसालिरहेका छन् । भारत बिहार राज्य अररिया जिल्लाको जोगबनी सहरसँग सिमाना जोडिएको दशगजा क्षेत्रमा भारतीय नागरिकको बस्ती मात्रै छैन, खेती किसानी र पशुपालनसमेत हुँदै आएको छ । 

कसैले दशगजाभित्रै घर बनाइरहेका छन् । धेरैले पशुपालनलगायत प्रयोजनमा उपभोग गर्दै आएका छन् । सशस्त्र प्रहरी सीमा सुरक्षा बलको अनुगमन प्रतिवेदनअनुसार मोरङमा दशगजा आसपासमा मात्रै तीन सय ८८ भारतीय नागरिकको घर छ । ७५ वटा घर त दशगजा नै अतिक्रमण गरी बनेका छन् । 

दुई देशका स्थानीय प्रशासनबीच पटकपटक अतिक्रमण हटाउन वार्ता भए पनि अझै बस्ती हटेका छैनन् । दशगजा क्षेत्र व्यवस्थित नहुँदा खुला सिमानामा लकडाउन पनि पूर्ण पालना हुन सकेको छैन ।

नेपाल–भारत सीमा क्षेत्रमा रहेको दशगजा क्षेत्र व्यवस्थित नहुँदा सीमास्तम्भहरू पनि जोखिममा छन् । मोरङ जिल्लामा हुनुपर्ने एक सय २४ सीमास्तम्भमध्ये हाल ८५ मात्रै छन् । बक्राहा खोलामा आएको बाढीले १५८ नम्बरको एउटा सीमास्तम्भ बगाएर लगेको पाइएको छ । तर, अन्य ३८ वटा सीमास्तम्भ अझै फेला परेका छैनन् । भएका धेरै सीमास्तम्भ पनि जीर्ण छन् ।