मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २६ शुक्रबार १६:१८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना मिटर : थप एक सय १८ जनामा संक्रमण पुष्टि, कुल संक्रमित संख्या १६ हजार ६ सय ४९ पुग्याे

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २६ शुक्रबार १६:१८:००

पछिल्लो २४ घन्टामा देशभर गरिएको परीक्षणमा थप एक सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

योसमेत हालसम्म नेपालमा संक्रमितको संख्या १६ हजार ६ सय ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार देशभरका २५ वटा प्रयोगशालामा चार हजार आठ सय ६ जनाको नमुना परीक्षण गरिएको थियो । 

यो अबधिमा एक सय २० जना संक्रमणमुक्त भई डिस्चार्ज भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

हालसम्म डिस्चार्ज हुनेको संख्या आठ हजार ११ पुगेको छ । गौतमले निको हुने दर नेपालमा ४८ दशमलव १ रहेको बताए । 

संक्रमित भई आइसोलेसनमा बस्नेको संख्या आठ हजार ६ सय तीन र क्वारेन्टाइनमा बस्नेको संख्या २३ हजार नौ सय १० रहेको मन्त्रालयले जनाएको छ । 

६ जिल्ला  संक्रमित शून्य 
गौतमले संक्रमित भएका सबै निको भएपछि ६ वटा जिल्ला संक्रमण शून्य भएको बताए ।

उनका अनुसार धनकुटा, भोजपुर सोलुखुम्बु, मुस्ताङ, मनाङ र हुम्ला संक्रमणमुक्त भएको हो ।