१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असार २६ शुक्रबार १६:०७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आगामी जनगणनामा मुस्लिम समुदायको हरेक पक्ष समेटेर तथ्यांक संकलन गर्न आयोगको आग्रह

Read Time : < 1 मिनेट
२०७७ असार २६ शुक्रबार १६:०७:००

राष्ट्रिय मुस्लिम आयोगले आगामी जनगणनामा मुस्लिम समुदायको हरेक पक्ष समेटेर तथ्यांक संकलन गर्न आग्रह गरेको छ । ०७८ सालको जनगणनामा मुस्लिम समुदायको शैक्षिक अवस्था, आर्थिक अवस्था, सामाजिक अवस्थालगायत हरेक दृष्टिकोणले समेट्न आयोगले आग्रह गरेको हो ।

तथ्यांक विभागका महानिर्देशक र संवैधानिक आयोगका पदाधिकारीहरूसँगको छलफलमा मुस्लिम आयोगले यस्तो आग्रह गरेको हो । आयोगका अध्यक्ष समिममियाँ अन्सारीले मुस्लिम समुदायका सबै क्षेत्रको तथ्यांक संकलन गर्दै संवैधानिक आयोगका प्रतिनिधि र बढी बसोवास रहेको भूगोलमा मुस्लिम समुदायलाई अनुगमनमा लिएर जानुपर्ने बताए । 

केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले छलफलमा आएका कुरालाई स्पष्ट रूपमा लिएर अगाडि बढ्ने प्रतिबद्धता जनाएको उनले बताए ।