१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २६ शुक्रबार १४:४२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अख्तियारको नाममा पाँच करोड माग्ने नौजना पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २६ शुक्रबार १४:४२:००

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कर्मचारी बनेर जग्गा व्यवसायीसँग बार्गेनिङ गर्ने नौजना पक्राउ परेका छन् ।  आयोग र प्रहरीले बिहीबार ज्योतिष अर्जुनकुमार थापा क्षेत्रीसहितका व्यक्तिलाई पक्राउ गरेको हो ।

जग्गासम्बन्धी उजुरी परेकोले मिलाउन भन्दै उनीहरूले बुढानीलकण्ठ चपलीका एक जग्गा व्यवसायीसँग पाँच करोड रुपैयाँ मागेका थिए । पछि ५० लाखसम्म मुद्दा मिल्ने भन्दै पैसा लिन गएका वेला पक्राउ परेका हुन् । 

पक्राउ पर्नेमा  थापासहित विजय रावल, जगदीश खड्का, राजेन्द्रकुमार श्रेष्ठ, राजेश गुरुङ, शम्भुप्रसाद रेग्मी, शंकरविक्रम खड्का, श्यामसिंह थापा र विवेक पोखरेल भएको आयोगले जनाएको छ। घटनाका माष्टरमाइन्ड शम्भु रेग्मी हुन् । ज्योतिष क्षेत्रीले आफू अख्तियारको सहसचिव भएको बताएका थिए । उनीहरूलाई प्रहरीले कारबाही अघि बढाएको छ ।