मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असार २६ शुक्रबार १४:०७:००
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

उर्लियो सेती : तनहुँको नयाँबस्तीमा बाढी पस्यो, ४२ घरसहितको बस्ती डुबानमा (तस्बिरसहित)

Read Time : < 1 मिनेट
२०७७ असार २६ शुक्रबार १४:०७:००

निरन्तर परेको वर्षाका कारण सेती नदीमा पानीको सतह निकै बढेकाे छ ।

नदीकाे सतह बढेसँगै तनहुँको शुक्लागण्डकी नगरपालिका– ८, पुल्चाेकस्थित नयाँबस्तीमा सेती नदीको बाढी पस्दा ४२ घर डुबानमा परेका छन् । 

नगरपालिकाको वडा नम्बर ४ र ८ का ४२ घर डुबानमा परेको वडा नम्बर ८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले जानकारी दिए । 

उनले वडा नम्बर ८ का १४ घरपरिवारलाई शुक्रबार बिहानै त्यहाँबाट निकालेर सुरक्षित स्थानमा राखेको बताए । 

बाढी बस्तीमा पस्दा कुनै पनि मानवीय क्षति भने नभएको उनले जानकारी दिए । केही पशु चौपाया भने बाढीले बगाएको भए पनि अहिलेसम्म यकिन तथ्यांक भने संकलन गर्न नसकेको उनले जानकारी दिए ।

तस्बिर सौजन्य : त्रिलोचन लम्साल