१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २६ शुक्रबार १३:०७:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

विश्व कोरोना मिटर : एक करोड २० लाख नाघ्याे संक्रमितको संख्या

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २६ शुक्रबार १३:०७:००

विश्वभर कोरोना संक्रमितको कुल संख्या एक करोड २३ लाख ९६ हजार सात सय ९६ पुगेको छ ।

यसमध्ये ७२ लाख २६ हजार नाै सय ८८ जना निको भएका छन् । 

यो समाचार तयार पार्दासम्म पाँच लाख ५७ हजार पाँच सय ४३ जनाले भने कोरोना भाइरस संक्रमणकै कारण ज्यान गुमाउन पुगेका छन् । 

सबैभन्दा बढी संक्रमित अमेरिकामा हुन पुगेका छन् । जहाँ ३२ लाख १९ हजार नाै सय ९९ जना कोरोनाबाट अहिलेसम्म संक्रमित हुन पुगेका छन् । तीमध्ये एक लाख ३५ हजार आठ सय २२ जनाको निधन हुन पुगेको छ । 

दोस्रो बढी संक्रमित हुने देशमा ब्राजिल रहेको छ । यहाँ १७ लाख ५९ हजार एक सय तीनजना कोरोनाकाे चपेटामा आएका छन् । ब्राजिलमा अहिलेसम्म कोरोना भाइरस संक्रमणकै कारण ६९ हजार दुई सय ५४ जनाको निधन भएको छ । 

तेस्रो बढी संक्रमित हुने देशमा दक्षिणी छिमेकी देश भारत रहेको छ । भारतमा अहिलेसम्म सात लाख ९५ हजार ६ सय पाँचजना कोरोनाबाट संक्रमित हुन पुगेका छन् । यीमध्ये २१ हजार ६ सय ३२ जनाको निधन भएको छ । 

रुस कोरोना बढी संक्रमित हुने देशहरूको सूचीमा चौथो नम्बरमा छ । यहाँ अहिलेसम्म सात लाख सात हजार तीन सय एकजना कोरोनाबाट संक्रमित भएका छन् । त्यसमध्ये १० हजार आठ सय ४३ जनाको निधन भएको छ । 

पाँचौँ बढी कोरोना संक्रमित हुने देशमा पेरू रहेको छ । पेरूमा अहिलेसम्म तीन लाख १६ हजार चार सय ४८ जना यस भाइरसको संक्रमणमा आएका छन् । त्यसमध्ये ११ हजार तीन सय १४ जनाको निधन भएको छ ।