मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार २६ शुक्रबार ११:४८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

प्रदेश १  मा थपिए दुई कोरोना संक्रमित, कुल संक्रमित सात सय चारजना पुग्यो

Read Time : < 1 मिनेट
२०७७ असार २६ शुक्रबार ११:४८:००

प्रदेश १ मा शुक्रबार दुईजना नयाँ कोरोना संक्रमित थपिएका छन् । 

सामाजिक विकास मन्त्रालयका अनुसार झापाको शिवसताक्षीमा एक र सुनसरीको बर्जुमा एक गरी दुईजना पुरुष कोरोना संक्रमित भएका हुन् । 

हालसम्म  प्रदेश १ मा कोरोना संक्रमितको संख्या सात सय चार पुगेको छ । साथै प्रदेश १ बाट पाँच सय ४१ निको भएपछि उपचार केन्द्रबाट डिस्चार्ज भएका छन् । 

शुक्रबार प्रदेश १ बाट  दुई महिला र १२ पुरुष डिस्चार्ज भएका छन् ।  

पूर्वाञ्चल विश्वविद्यालय कोभिड– १९ आइसोलेसन उपचार केन्द्रबाट नाैजना, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट तीनजना र कोभिड– १९ आइसोलेसन केन्द्र चौदण्डीगढी उदयपुरबाट दुईजना संक्रमित निको भएर डिस्चार्ज भएका हुन् ।