१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असार २६ शुक्रबार ११:३२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

खेत जोतेर फर्किँदै गरेको ट्याक्टर दुर्घटना हुँदा दुईको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ असार २६ शुक्रबार ११:३२:००

इलामको माई नगरपालिका– १ स्थित पालटारमा खेत जोतेर फर्किँदै गरेको ट्याक्टर शुक्रबार अनियन्त्रित भई पल्टिँदा दुईजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा चालक माई नगरपालिका– ८ बस्ने २१ वर्षीय सुजन विश्वकर्मा र सोही स्थानको १९ वर्षीय समीर विश्वकर्मा रहेको जिल्ला प्रहरी कार्यालय इलामले जानकारी दिएको छ । 

ट्याक्टर दुर्घटनामा परी माई नगरपालिका– १ बस्ने ११ वर्षीय नितेश गिरी घाइते भएका छन् । उनको झापाको बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर दुर्घटनामा परी घाइते भएका तीनैजनालाई अस्पताल लैजाँदै गर्दा दुईजनाको बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।