Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७७ असार २६ शुक्रबार ०६:०२:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कोरोना कहरकै बीच पदमार्ग प्रवर्द्धन

Read Time : > 1 मिनेट
२०७७ असार २६ शुक्रबार ०६:०२:००

कोरोना कहरले थलिएका पर्यटन व्यवसायी पर्यटकीय गतिविधि सञ्चालनको तयारीमा छन् । यसैक्रममा रसुवा–नुवाकोट पर्यटन समाजले स्थलगत रूपमा पदयात्रा प्रवद्र्धन तथा अध्ययन थालेको छ ।

समाजको एक टोलीले काठमाडौंदेखि रसुवाको पवित्र धार्मिक तीर्थस्थल गोसाइँकुण्डसम्मको पदयात्रा ७ रात ८ दिनमा पूरा गरी काठमाडौं फर्किएको रसुवा–नुवाकोट पर्यटन समाजका अध्यक्ष बलराम न्यौपानेले बताए । टोलीले काठमाडौंको बुढानीलकण्ठ, शिवपुरी, सिक्रे हुँदै नुवाकोटको मानेभञ्ज्याङ, बाघमारा, सागरकुण्ड, राउचुली, छ्याकुङचुली, एक्लेकुण्ड, गोसाइँकुण्ड, सिङ्गोम्पा हुँदै धुन्चे आई काठमाडाैं फर्किएको थियो । 

‘अध्ययन टोलीले सम्पूर्ण यात्रा सफलतापूर्वक पूरा गरेको छ,’ समाजका अध्यक्ष न्यौपानेले भने, ‘टोलीले यो पदमार्गको आन्तरिक र बाह्य पर्यटकका लागि उच्च सम्भावना देखाएको छ, पछि यो मार्ग लोकप्रिय ट्रेकिङ गन्तव्य बन्न सक्ने उनीहरूको निष्कर्ष छ ।’ 

मार्गबारे सकारात्मक सन्देश दिन सके लकडाउन सकिएसँगै आन्तरिक पर्यटकहरू यस क्षेत्रतर्फ यात्रा गर्न सक्ने सम्भावना रहनेसमेत न्यौपानेले बताए । ‘यो पदमार्ग एकदम दुर्गम छ, तर प्राकृतिक र संस्कृतिक परम्परामा अथाह धनी छ, यो मार्गको प्रचार–प्रसार गर्न सके आगामी दिनहरूमा बाह्य पर्यटकको पनि गन्तव्य बन्ने देखिन्छ,’ उनले भने, ‘यो मार्गलाई लाङटाङ, फिकुरी, हेलम्बु, तामाङ हेरिटेज, रुबी भ्याली, गणेश हिमाललगायतका पदमार्गसँग पनि जोड्न सकिन्छ ।’ 

टोलीले पदमार्गको अवस्था, भूगोल, मानव बसोवास र जीवनशैलीसहित विविध आकर्षणका विवरणहरू संकलन गरेर फर्किएको लाङटाङ सद्भावना दूतसमेत रहेका पत्रकार अशोक सिलवालले बताए । 

रसुवा नेपालको मुख्य पर्यटकीय गन्तव्यमध्ये एक हो । काठमाडौंबाट छोटो र सजिलो पदमार्गमध्ये पनि एक हो । त्यसैले पनि यहाँ स्वदेशी तथा विदेशी पर्यटकको घुइँचो लाग्ने गरेको छ । एकै यात्रामा धेरै कुरा हेर्न र घुम्न सकिने भएकाले पनि यो क्षेत्र पर्यटकको रोजाइमा परेको स्थानीय होटेल व्यवसायीहरूले बताएका छन् ।

पछिल्लो समय रसुवाको उत्तरी क्षेत्र पदयात्रीहरू नहुँदा सुनसान छ । विगतमा यही समयमा खचाखच भरिने होटेलहरू बन्द रहेका छन् । पर्यटकीय क्षेत्र स्याफ्रुबँेसीका होटेल व्यवसायी लाक्पा ग्याल्बो तामाङले भने, ‘पहिला–पहिला त यो समयमा विदेशीको एकदम चाप हुन्थ्यो, तर अहिले कोरोनाले गर्दा पूरै सुनसान छ ।’  

तामाङ सम्पदामार्गको पदयात्रादेखि लाङटाङ तथा गोसाइँकुण्ड हुँदै सिन्धुपाल्चोकबाट सुन्दरीजलसम्मको एक महिनाको यात्रा गर्न बर्सेनि १५ हजार विदेशी तथा सोही हाराहारीमा स्वदेशी पदयात्रीहरू आउने गरेकोमा अहिले शून्य अवस्थामा छ ।