मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
हेमन्त केसी जाजरकोट
२०७७ असार २६ शुक्रबार १०:३८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

जाजरकोटमा पहिरोले  दुई घर बगाउँदा १२ जना बेपत्ता

Read Time : < 1 मिनेट
२०७७ असार २६ शुक्रबार १०:३८:००

जाजरकोटको बारेकोट  गाउँपालिका– ४ सार्कीगाउँमा गएराति पहिरोले  दुई घर बगाउँदा १२ जना बेपत्ता भएका छन् ।  बेपत्ता हुनेहरूमा ५२ वर्षीय गोपाल सार्की, उनकी ५० वर्षीया श्रीमती पुष्षा सार्की, १३ वर्षीया छोरी लक्ष्मी सार्की, ११ वर्षीय छोरा अर्जुन सार्की रहेका छन् ।

अर्को घरका  कालु सार्की,  उनकी ११ वर्षीया छोरी कमला सार्की, ६ वर्षीय छोरा सुभास सार्की रहेका छन् । त्यस्तै पाहुना आएका कुशे गाउँपालिका– ९ चौताराका २० वर्षीय डिल्ली सार्की, १४ वर्षीया गौरी सार्की, १६ वर्षीया कविता सार्की, १८ वर्षीय वीरेन्द्र सार्की बेपत्ता भएको बारेकोट गाउँपालिका– ४ का सचिव गोविन्द पुनले जानकारी दिए ।

 घटनास्थलतर्फ प्रहरी जाँदै गरेको जाजरकोटका डिएसपी किशोर श्रेष्ठले जानकारी दिए ।  त्यसैगरी वडा नं. ५ को खर्क तेलचउरेस्थित धानखेत पहिरोले पुरेको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द सिंहले जानकारी दिए ।