१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
मनीष खड्का रुकुम पश्चिम
२०७७ असार २६ शुक्रबार १०:१७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोले घर पुर्दा आमाछोराको मृत्यु, छोरी घाइते 

Read Time : < 1 मिनेट
मनीष खड्का, रुकुम पश्चिम
२०७७ असार २६ शुक्रबार १०:१७:००

रुकुम पश्चिममा पहिरोले घर पुर्दा एकैपरिवारका दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । शुक्रबार बिहान ६ बजेतिर गएको पहिरोले जिल्लाको आठबिसकोट नगरपालिका– ३ रेझेखोलाका तुलबहादुर दमाईंको एकतले घर पुर्दा दमाईंकी श्रीमती र छोराको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा २८ वर्षीया सीता दमाईं र छोरा ६ वर्षीय हाविल परियार रहेको जिल्ला प्रहरी नायव उपरीक्षक ठगबहादुर केसीले जानकारी दिए । पहिराेले घर पुरिँदा आठ वर्षीया छोरी हिरा परियार घाइते भएकी र उनको अवस्था सामान्य रहेको डिएसपी केसीले बताए । 

तुलबहादुर भने कामको सिलसिलामा नगरपालिकामै पर्ने गोतामकोट गएकाले उनी बाँच्न सफल भएका छन् ।  अस्थायी प्रहरी पोस्ट स्यालाखदीबाट प्रहरी सहायक निरीक्षक जयराम रावलको नेतृत्वमा पाँचजनाको प्रहरी टोली घटनास्थल पुगेर स्थानीयको सहयोगमा एकजनालाई जीवितै उद्धार गरेको र अन्य दुईजनाको शव निकालेको डिएसपी केसीले बताए । घाइतेको स्थानीय मेडिकलमा उपचार भइरहेको छ । 

त्यस्तै इलाका प्रहरी कार्यालय आठबिसकोटबाट थप उद्धारका लागि प्रहरी निरीक्षक अच्युतराज आचार्यको कमान्डमा दुईजनाको टोली घटनास्थलतर्फ गएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।