मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौँ
२०७७ असार २५ बिहीबार २१:२६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

यसकारण नेपालमा बन्द भए भारतीय न्युज च्यानल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
२०७७ असार २५ बिहीबार २१:२६:००

टेलिभिजन सेवा प्रदायकहरूले भारतीय न्युज च्यानलको नेपालमा प्रसारणमा रोक लगाएका छन् ।

नेपालविरुद्ध भ्रामक प्रचार गरेको तथा ग्राहकले बन्द गर्न आग्रह र दबाब दिएका कारण प्रसारण बन्द गरिएको सेवा प्रदायकहरूले बताएका छन् । 

कूटनीतिक सम्बन्ध नबिग्रियोस् र  भ्रम नफैलियोस् भनेर जी न्युजलगायत भारतीय न्युज च्यानल प्रसारण बन्द गरिएको उनीहरूको भनाइ छ ।  

टेलिभिजन सेवा प्रदायकहरूले भारतीय न्युज च्यानल बन्द गर्ने सम्बन्धमा सूचना तथा सञ्चार मन्त्रालयमा समेत राय मागेका थिए । 

भ्रम फैलाउने च्यानल बन्द गर्न ग्राहकले दबाब दिएको भन्दै उनीहरूले के गरौँ भनेर सोधेका थिए । 

मन्त्रालयले इच्छाअनुसार गर्न र प्रसारण बन्द गरे पनि आपत्ति नभएको जवाफ दिएको थियो । 

डिस होमका प्रबन्ध निर्देशक सुदीप आचार्यले ग्राहकहरूले भारतीय न्युन च्यानल बन्द गर्न आग्रह गरेका कारण प्रसारण बन्द गरिएको बताए ।

भारतबाट प्रसारण हुने न्युज च्यानलबाहेक अन्य च्यानलहरूको प्रसारणमा भने रोक लगाइएको छैन ।

प्रधानमन्त्री केपी ओली र चिनियाँ राजदूत यान्छीलाई जोडेर जी न्यूजलगायत भारतीय न्यूज च्यानलले भ्रम फैलाएपछि भारतीय मिडियाले पित पत्रकारिता गरेको भन्दै नेपालमा चौतर्फी आलोचना भइरहेको छ ।

सरकारले नेपालको विषयमा अनर्गल प्रचार गर्ने भारतीय सञ्चार माध्यममाथि राजनीतिक र कानुनी उपचार खोज्ने जनाएको छ । सरकारका प्रवक्ता डा. युवराज खतिवडाले दुर्भावना फैलाउने, चरित्र हत्या गर्ने, मानमर्दन गर्ने समाचार तथा विश्लेषणको सरकारले भत्सर्ना गर्ने बताएका छन् । 

नेपाल पत्रकार महासंघले बिहबिार विज्ञप्तिमार्फत भारतीय टेलिभिजनको प्रचार असत्य, भ्रामक र कपोलकल्पित भएको जनाएको छ ।