मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार २५ बिहीबार २०:४५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बालिका विवाह गर्ने दुलाहा मण्डपबाटै पक्राउ 

Read Time : < 1 मिनेट
२०७७ असार २५ बिहीबार २०:४५:००

बालिका विवाहको आरोपमा प्रहरीले विवाहमण्डपबाटै दुलाहालाई पक्राउ गरेको छ । व्यास नगरपालिका– ११ की १४ वर्षीया बालिकासँग उमेर नपुगी विवाह गरेको भन्दै प्रहरीले गोरखाको सहिद लखन गाउँपालिका–२ का २३ वर्षीय सन्तोष अर्याललाई बुधबार मण्डपबाटै पक्राउ गरेको हो । 

विवाह सम्पन्न हुनै लाग्दा मण्डपबाटै दुलाहालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । बालविवाह हुँदै छ भन्ने सूचनाको आधारमा प्रहरी विवाहमा गएको थियो । प्रहरी नायव उपरीक्षक तिमिल्सिनाले भने, ‘हामी पुग्दा बालिका बेहुलीको पोसाकमा थिइन् । सिन्दुरसमेत हालिसकेको थियो । दुलही अन्माउने तयारी हुँदै थियो । त्यति नै वेला हामीले बेहुला, बेहुलाको बाबु, बेहुलीको बाबु, बेहुलीको आमा र विवाह गराउने पण्डितलाई नियन्त्रणमा लिएका हौँ ।’ पक्राउ परेका पाँचैजनालाई बिहीबार तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।