१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
पुर्नवास, बेलौरी महाकाली नगरपालिका सीमा क्षेत्रमा बिओपी स्थापना गर्दै संशस्त्र प्रहरी । 
मोहन विष्ट कञ्चनपुर
२०७७ असार २५ बिहीबार १९:४१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कञ्चनपुरमा एकैदिन सशस्त्र प्रहरीका चार बिओपी स्थापना 

Read Time : < 1 मिनेट
मोहन विष्ट, कञ्चनपुर
२०७७ असार २५ बिहीबार १९:४१:००

सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बलले कञ्चनपुरमा एकैदिन चार बोर्डर आउट पोस्ट (बिओपी) स्थापना गरेको छ । सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरी झलारीले कञ्चनपुरका चार स्थानमा बिहीबार चार बिओपी स्थापना गरेको हो । 

भारतसँग सीमा जोडिएको कञ्चनपुरका तीन स्थानीय तहमा चार बिओपी स्थापना गरिएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका गणपति वीरसिंह शाहुले महाकाली, बेलौरी र पुनर्वास नगरपालिकाका चार स्थानमा बिओपी स्थापना गरिएको बताए । सशस्त्र प्रहरी उपरीक्षक शाहुका अनुसार महाकाली नगरपालिका–१ बैलबन्द, पुनर्वास नगरपालिका–१० दोदा पुल र बेलौरी नगरपालिका–२ थापाचौराह र १० भुडामा एकसाथ बिओपी स्थापना गरिएको बताए । ‘अहिले हामीले आफैँले अस्थायी प्रकृतिको भवन निर्माण गरेका छौँ,’ उनले भने, ‘विभागबाट भवन निर्माण स्वीकृत भएकाले निकट समयमै पक्की भवन निर्माण गर्छौँ ।’

सीमा क्षेत्रमा स्थापना गरिएका बिओपीमार्फत मातृभूमि र सीमा क्षेत्रमा हुने गैरकानुनी गतिविधि नियन्त्रण गरिने सशस्त्र प्रहरी उपरीक्षक शाहुले बताए । चारै बिओपीको उद्घाटन गर्दै सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी बल वैद्यनाथ बाहिनीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथोकीले राष्ट्रले दिएको जिम्मेवारी बहनका लागि सशस्त्र प्रहरीले सीमा क्षेत्रमा बिओपी स्थापना गरिरहेको बताए । 

६ महिनाअघि मात्रै सशस्त्र प्रहरीले पुनर्वास नगरपालिका– ९ को बिचफाँटा र बेलडाँडी गाउँपालिका– ५ को झिलमिलामा बिओपी स्थापना गरेको थियो । भारतसँग १२९.५ किलोमिटर सीमा जोडिएको कञ्चनपुरमा ११ बिओपी स्थापना गरिएका छन् । कञ्चनपुरको ब्रह्मदेव, चाँदनी बलबन्द, दोधारा, बेलडाँडी, भुडा, बेलौरी, थापाचौराह, आनन्द बजार, बीचफाँटा, दोदामा बिओपी स्थापना भएका हुन् ।