Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
भोजराज भण्डारी काठमाडौं
२०७७ असार २५ बिहीबार १८:०२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

सार्वजनिक यातायात सञ्चालन : व्यवसायीले खोजे सुरक्षाको ग्यारेन्टी

Read Time : < 1 मिनेट
भोजराज भण्डारी काठमाडौं
२०७७ असार २५ बिहीबार १८:०२:००

सरकारले शुक्रबारबाट जोर–बिजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन गर्न दिने निर्णय गरेपछि व्यवसायीहरूले सुरक्षाको ग्यारेन्टी खोजेका छन् । यातायात व्यवसायी भने सार्वजनिक यातायात सञ्चालन सम्बन्धमा छलफल नै नगरी सरकारले निर्णय गरेको बताएका छन् ।

सरकारले भनेजस्तो ५० प्रतिशत भाडा बढाएर सञ्चालन गर्न सकिने वा नसकिने अहिले नै भन्न सक्ने अवस्था नरहेको  नेपाल यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले बताए । 

उनले भने, ‘भाडा बढाउनु मात्र मुख्य कुरा होइन, सुरक्षाको ग्यारेन्टी  नभएसम्म सवारीसाधन सञ्चालन गर्नु जोखिमपूर्ण छ । बाँकी हामी छलफल गरेर अघि बढ्छौँ ।’

सरकारका सूचना तथा सञ्चारमन्त्री युवराज खतिवडाले ट्याक्सीहरू तत्कालै चल्न सक्ने भए पनि अन्य सार्वजनिक यातायातलाई तयारी गर्न समय लाग्न सक्ने बताएका छन् ।

सार्वजनिक सवारीसाधन सञ्चालनका सम्बन्धमा यातायात व्यवस्था विभागले कोभिड– १९ भर सार्वजनिक सवारीसाधन सञ्चालन गर्न कार्यविधि तयार पारेको छ । उक्त कार्यविधिमा सामाजिक दूरी कायम राख्नुपर्ने, चालक, सहचालक र यात्रुले अनिवार्य रूपमा मास्क लगाएको हुनुपर्ने, स्यानिटाइजर अनिवार्य राखेको हुनुपर्नेलगायतको व्यवस्था गरेको छ ।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर  हमालले  सरकारले बनाएको कार्यविधि कडाइका साथ पालना गर्न ट्राफिक प्रहरीलाई निर्देशन दिने बताए ।