मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
२०७७ असार २५ बिहीबार १६:१५:००
Read Time : < 1 मिनेट
पालिका अपडेट

कोरोना मिटर : आज एक सय आठजनामा संक्रमण पुष्टि, संक्रमितको संख्या १६ हजार पाँच सय ३१ पुग्यो

Read Time : < 1 मिनेट
२०७७ असार २५ बिहीबार १६:१५:००

पछिल्लो २४ घन्टामा देशभरका २५ वटा प्रयोगशालामा गरिएको परीक्षणमा थप एक सय आठजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार थप भएकासमेत हालसम्म कुल संक्रमितको संख्या १६ हजार पाँच सय ३१  पुगेको छ । 

आज संक्रमण देखिएकोमा प्रदेश १ मा दुई, प्रदेश २ मा नौ, बागमती प्रदेशमा १२, गण्डकी प्रदेशमा १८, प्रदेश ५ मा नौ, कर्णाली प्रदेशमा २३ र सुदूरपश्चिम प्रदेशमा ३५ जना रहेको मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयले बिहीबार गरेको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले विगत २४ घन्टामा एक सय ३९ जना निको भई डिस्चार्ज भएको बताए ।

हालसम्म संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संखया सात हजार आठ सय ११ पुगेको छ । 

हाल संक्रमित भई आइसोलेसनमा बस्नेको संख्या आठ हजार ६ सय पाँच रहेको जानकारी दिए ।

त्यसैगरी क्वारेन्टाइनमा बस्नेको संख्या घटेर २४ हजार चार सय २५ मा झरेको छ ।