मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७७ असार २५ बिहीबार १५:५९:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना मिटर : प्रदेश ५ का २६ सय ६ जनाले जिते कोरोना संक्रमण

Read Time : < 1 मिनेट
२०७७ असार २५ बिहीबार १५:५९:००

प्रदेश ५ मा कोरोनामाथि विजय प्राप्त गर्नेहरूको संख्या बढ्दो रहेको छ  । 

यस प्रदेशमा तीन हजार नाै सय ४८ संक्रमित रहेकोमा दुई हजार ६ सय ६ जना निको भएर घर फर्किएका छन् । 

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार यस प्रदेशमा निको हुनेको दर ६६.०१ प्रतिशत रहेको छ । 

प्रदेशमा हाल १३ सय २९ जना उपचारमा रहेका छन् । प्रदेश स्वास्थ्य निर्देशनालयका तथ्यांक अधिकृतसमेत रहेका सूचना अधिकारी मनबहादुर वलीका अनुसार निको हुने दर बढी रहेका जिल्लामा बाँके, कपिलवस्तु र रुपन्देही पर्दछन् ।

बाँकेमा ९५.४५ र कपिलवस्तुमा ९३.४४ प्रतिशत निको हुने दर रहेको छ । 

त्यस्तै, रुपन्देहीमा ८१.८१ प्रतिशत रहेको छ । कोरोना संक्रमित सुरुको समयमा धेरै देखिने जिल्लामा रहेको बाँकेमा पछिल्ला दिनहरूमा धेरै संक्रमित भेटिएका छैनन् । 

हाल तीन सय ७४  जना संक्रमित रहेकोमा तीन सय ५७ जना डिस्चार्ज भएका छन् । यहाँ हाल १५ जना मात्र उपचारमा रहेका छन् । 

प्रदेशमा सबैभन्दा धेरै संक्रमित भेटिएको जिल्ला कपिलवस्तु हो । 

जहाँ सात सय ४७ जना संक्रमित रहेकोमा ६ सय ९८ जना डिस्चार्ज भएका छन् । हाल ४९ जना उपचारमा रहेका छन् । 

त्यस्तै, रुपन्देहीमा तीन सय १५ जना संक्रमित रहेकोमा दुई सय ५६ डिस्चार्ज भएका छन् । यहा हाल ५८ जना उपचारमा रहेका छन् । 

हाल संक्रमित धेरै उपचाररत रहेको जिल्लामा पाल्पा पर्दछ । पाल्पामा पाँच सय ४६ जना संक्रमित रहेकोमा जम्मा ४७ जना डिस्चार्ज भएका छन् । यहाँ चार सय ९८ जना उपचारमा रहेका छन् । 

प्रदेश ५ मा हालसम्म १३ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । 

हाल प्रदेशमा रहेका १७ सय ८२ वटा क्वारेन्टाइनहरूमा ६ हजार तीन सय ४९ जना रहेका छन् ।