१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २५ बिहीबार १५:२८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

अब ‘सांसद’ रहिनन् सरिता गिरी : औपचारिक रूपमा हट्यो उनको पद (पत्रसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २५ बिहीबार १५:२८:००

औपचारिक रूपमा सरिता गिरीको सांसद पद खारेज भएको छ । 

संसद् सचिवालयले बिहीबार एक सूचना जारी गर्दै गिरीको सांसद पद उनकै पार्टीको सिफारिसमा औपचारिक रूपमा खारेज भएको जानकारी दिएको हो । 

संघीय संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले यस विषयमा जानकारी दिए । 

भारतले अतिक्रमण गरेको कालापानी, लिम्पियाधुरा र लिपुलेक समावेश गरी नयाँ बनेको नेपालको नक्सा संसदबाट पारित गर्ने क्रममा आफ्नै पार्टीले जारी गरेको ह्विप गिरीले उल्लंघन गरेकी थिइन् । 

त्यस घटनापछि उनको पार्टी समाजवादी पार्टी नेपालले उनलाई सांसद पदबाट हटाउने निर्णय गरेको थियो । 

संसद् सचिवालयले गिरीलाई उनको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले राजनीतिक दलसम्बन्धी ऐनअनुसार उनलाई सांसद पदबाट निष्कासन गर्ने निर्णय गरेको र प्रमुख सचेतकमार्फत पत्र प्राप्त भएको आधारमा उनको पद खारेज गरेको जनाएको छ । 

संसद् सचिवालयले राजनीतिक दलसम्बन्धी ऐनबमोजिम प्रक्रिया पूरा गरेको देखिन आएकाले संविधानबमोजिम याे निर्णय लिएको जनाएको छ । 

सभामुखले स्वीकृति गरेसँगै अब सरिता गिरीको सांसद पद खारेजी भएको छ ।

हेर्नुहाेस् संसद सचिवालयकाे पत्र -