१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका कन्चनपुर
२०७७ असार २५ बिहीबार १३:२६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बेपत्ता बालिकाको शव फेला, दाजु प्रहरी नियन्त्रणमा (अपडेट)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, कन्चनपुर
२०७७ असार २५ बिहीबार १३:२६:००

कञ्चनपुरको भीमदत्त नगरपालिका– १३ की १४ वर्षीया बालिका नेहा सुनारको शव आज बिहान स्थानीय खोलामा भेटिएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बुधबार साँझ स्थानीय खोलामा हराएकी बालिका सुनारको शव फेला परेको बताए ।  

प्रहरीले बालिकालाई कुटपिट गर्दै खोलामा धकेलेको हुन सक्ने आकलनसहित थप अनुसन्धानका लागि बालिकाका  दाजु ३४ वर्षीय भरत सुनारलाई नियन्त्रणमा लिएको छ ।

‘भरतले आवेगमा आएर कुटपिट गर्दै खोलामै धकेलेको जस्तो देखिन्छ,’ क्षेत्रीले भने । उनले घटनाको विस्तृत अनुसन्धान भइरहेको र बालिकाको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको जानकारी दिए । रासस