Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७७ असार २५ बिहीबार ११:२२:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना संक्रमण देखिएपछि महालक्ष्मी नगरपालिकाका तीन वडामा पूर्ण लकडाउन

Read Time : < 1 मिनेट
२०७७ असार २५ बिहीबार ११:२२:००

ललितपुरको महालक्ष्मी नगरपालिकाका तीनवटा वडामा पूर्ण लकडाउन गरिएको छ ।

नगरपालिकाले वडा नं. ७, ८ र ९ क्षेत्रभित्र औषधि र खाद्यान्न पसलबाहेक सम्पूर्ण उद्योग–व्यवसाय बन्द गर्ने, खाद्यान्न पसल पनि बिहान ९ बजेसम्म मात्रै खोल्न पाइने नियम लागू गरेको छ । 

नगरपालिकाले मास्क लगाउन र दुई मिटरको भौतिक दूरी अनिवार्य पालनाका लागि समेत सूचित गरेको छ । 

मेयर रामेश्वर श्रेष्ठका अनुसार वडा नं. ८ मा कोरोना संक्रमितहरूको संख्या वृद्धि भइरहेकाले थप फैलिन नदिन त्यस क्षेत्रमा कडाइ गरिएको हो ।

नगरपालिकाले स्वास्थ्य संस्थाबाहेकका सबै सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने अत्यन्त जरुरी सेवाबाहेक सबै सेवाहरू बन्द गर्ने निर्णय गरेको छ । 

यस्तै, अति आवश्यक कार्यमा बाहेक घरबाहिर ननिस्कने, निस्किनुपर्दा अनिवार्य रूपमा मास्कको प्रयोग गर्ने, एक–अर्कोबीच  कम्तीमा एक मिटरको दूरी कायम गर्ने निर्णय गरेको मेयर श्रेष्ठले जानकारी दिए । 

नगरपालिकाको निर्देशनको पालना नगर्नेहरूलाई संक्रामक रोग ऐन, २०२० बमोजिम कारबाही गर्नेसमेत नगरपालिकाले जनाएको छ ।