मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७७ असार २५ बिहीबार १०:३८:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

ओखलढुंगामा ट्रक दुर्घटना, चालकको मृत्यु

Read Time : < 1 मिनेट
२०७७ असार २५ बिहीबार १०:३८:००

ओखलढुंगामा ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । बिहीबार बिहान काठमाडौंबाट सोलु जाँदै गरेको ट्रक ओखलढुंगाको सिद्धिचरण नगरपालिका– ८ सेतीदेवी मन्दिरनजिकै दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको हो । 

सोलुखुम्बुस्थित सोलुखोला बेनी हाइड्रोको सामान बोकेको बा.३ख ९६ नम्बरको ट्रक दुर्घटना हुँदा ट्रकका चालक दोलखा जिरीका २४ वर्षीय नवराज कार्कीको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रहरी निरीक्षक मिलनसिंह बस्नेतले जानकारी दिए । ट्रक सडकबाट करिब एक सय मिटर तल खसेको प्रहरीले जनाएकाे छ ।