मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
श्रवण थापा सर्लाही
२०७७ असार २५ बिहीबार १०:२८:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

सर्लाहीको ईश्वरपुरमा करेन्ट लागेर एकको मृत्यु

Read Time : < 1 मिनेट
श्रवण थापा, सर्लाही
२०७७ असार २५ बिहीबार १०:२८:००

सर्लाहीको ईश्वरपुरमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । बुधबार राति ईश्वरपुर नगरपालिका– ३ का ४२ वर्षीय जादु सहनीको आफ्नै घरमा करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको हो । मिटरको तारमा प्लग जोड्ने क्रममा सहनीलाई करेन्ट लागेको थियो । 

करेन्ट लागेर घाइते भएका सहनीलाई उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको आफन्तले जनाएका छन् । सहनीको शव परीक्षणका लागि जिल्ला अस्पताल मलंगवामा राखिएको इलाका प्रहरी कार्यलय केशरगन्जका प्रहरी नायब निरीक्षक भीमराज सुवेदीले जानकारी दिए ।

बागमतीमा एक पुरुषको शव फेला

यसैबीच बुधबार साँझ बागमती नगरपालिका– १ डुमाजोर खोलास्थित पँधेरी खोल्सीमा डुबेको अवस्थामा एक पुरुषको शव फेला परेको छ । सोही स्थान बस्ने ४५ वर्षीय कुलमान लोप्चनको घरनजिकै शव फेला परेको इलाका प्रहरी कार्यालय हरिवनले जनाएको छ ।

खोल्सीमा जमेको २–३ फिट पानीमा घोप्टो परेर डुबेको अवस्थामा लोप्चनको शव फेला परेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक राजेन्द्रप्रसाद उपाध्यायले जानकारी दिए । लोप्चनको शव परीक्षणका लागि जिल्ला अस्पताल मलंगवा लगिएकाे छ ।