मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २५ बिहीबार ०७:१३:००
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

कोभिड–१९ विरुद्ध युनिलिभरद्वारा ३ करोड ७८ लाखबराबरको सहयोग

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २५ बिहीबार ०७:१३:००

युनिलिभर नेपालले कोभिड–१९ को संक्रमण रोक्न ३ करोड ७८ लाख रुपैयाँबराबरको सहयोग गरेको जनाएको छ । गम्भीर प्रकृतिका बिरामीहरूको उपचारमा प्रयोग गर्न युनिलिभरले स्वास्थ्य, जनसंख्या तथा वातावरण मन्त्रालयलाई ५ वटा भेन्टिलेटर उपलब्ध गराएको जनाइएको छ । 

त्यस्तै, कम्पनीले मन्त्रालयलाई २ हजार ८ सय ८० जनाका लागि कोभिड–१९ परीक्षण गर्न आवश्यक पर्ने स्वाब संकलन, नमुना भण्डारण र पिसिआर ट्युबहरूसहितको न्युक्लेइक एसिड डायग्नोस्टिक पनि उपलब्ध गराएको जनाएको छ । 

युनिलिभर नेपालले १ करोड ५७ लाख रुपैयाँबराबरका मेडिकल उपकरणहरू उपलब्ध गराउने प्रतिबद्धता पनि व्यक्त गरेको छ । यी उपकरणहरू कम्पनीको कार्य क्षेत्रभित्र परेका हेटौँडा अस्पताल मकवानपुर, भरतपुर अस्पताल चितवन, नारायणी अस्पताल वीरगन्ज र वीर अस्पताल काठमाडौं गरी ४ मुख्य अस्पतालहरूलाई दिइने कम्पनीले जनाएको छ । कम्पनीको कारखाना टिमको तर्फबाट पनि हेटौँडाका विभिन्न निकायहरूलाई  एन–९५ मास्क, सर्जिकल मास्क, निर्मलीकरण गरिएको पन्जा र चिकित्सा चस्माहरूलगायतका पिपिई सेट हस्तान्तरण गरिएको कम्पनीले जनाएको छ । 

त्यस्तै, कोभिड–१९ बाट बच्न हात धुनु सबैभन्दा प्रभावकारी उपाय रहेकाले कम्पनीले स्वास्थ्य मन्त्रालय, उद्योग विभाग, नेपाल प्रहरी, नेपाली सेना, वडा कार्यालयहरू र अन्य कार्यालयहरूलाई १ लाख ५४ हजारभन्दा बढी थान लक्स, डोभ, लाइफ ब्वाय साबुन र लाइफ ब्वाय ह्यान्डवासहरू वितरण गरिसकेको जनाएको छ । यीबाहेक कम्पनीले ४ हजार २ सय परिवारलाई रासनसहितको राहत प्याकेज प्रदान गरिएको जानकारी दिएको छ ।

स्थानीय वडा कार्यालयहरूको समन्वयमा वितरण गरिएको करिब ६८ लाख रुपैयाँबराबरको राहत प्याकेज हेटौँडा, वीरगन्ज र चितवनमा वितरण गरिएको थियो । कम्पनीको कारखाना टिमले पनि हेटौँडामा रहेको मानवसेवा आश्रममा आश्रय लिइरहेका १ सय ५० जना बालबालिका र ज्येष्ठ नागरिकहरूका लागि एक महिनाबराबरको राहत उपलब्ध गराएको कम्पनीले जनाएको छ । 

हाम्रो नमस्ते अभियान सुरु 
युनिलिभरले हात धुने कार्यलाई धेरैभन्दा धेरै प्रोत्साहन गर्न कलाकार राजेश हमालसँग समन्वय गरी सामाजिक सञ्जालहरूमा व्यापक रूपमा हात धुनेसम्बन्धी जनचेतना अभियान सञ्चालन गरेको जनाएको छ । यसैगरी, युनिलिभर नेपालले अनिश्चित भविष्य, अदृश्य चुनौती र कठिनाइका कारण आफ्नो घर फर्किरहेका दाजुभाइ दिदीबहिनीलाई खुला एवं स्वच्छ हृदयले मानवीय भावनाका साथ स्वागत गर्न युनिसेफसँग मिलेर ‘हाम्रो नमस्ते’ अभियानसमेत चलाएको जनाएको छ ।

सरकारद्वारा उद्योगलाई दिएको राहत फिर्ता
युनिलिभर नेपालले एसएसएफद्वारा उद्योगहरूलाई २०२० को अप्रिल, मे र जुन महिनाका लागि प्रदान गरिएको वित्तीय सहयोगबापतको रकम फिर्ता गर्ने निर्णय गरेको जनाएको छ । उक्त फिर्ता गरिएको रकम सो कोषद्वारा हालको समयमा सरकारले सहायताको जरुरत परेका साना व्यवसायको कल्याणका लागि उपयोग गर्न सक्ने निष्कर्षसहित फिर्ता गर्न लागेको कम्पनीले जनाएको छ ।