मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार २५ बिहीबार १०:०८:००
Read Time : < 1 मिनेट
समाचार

आइक्यान अध्यक्षमा शर्मा निर्विरोध

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार २५ बिहीबार १०:०८:००

लेखा व्यवसायीको नियमनकारी निकाय नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) अध्यक्षमा सिए मदनकृष्ण शर्मा निर्विरोध चयन भएका छन् । आइक्यानको निर्वाचन समितिले आगामी एक वर्षका लागि अध्यक्ष–उपाध्यक्षका लागि आइतबार चुनाव गर्ने गरी बुधबार मनोनयन दर्ताको समयसीमा दिएको थियो । मनोनयन दर्ता गर्ने क्रममा वर्तमान उपाध्यक्ष रहेका शर्माबाहेक अन्यले अध्यक्ष पदमा दाबी नगरेपछि उनी निर्विरोध चयन भएका हुन् ।

शर्मा सिए क्षेत्रमा स्वच्छ छवि भएका चार्टर्ड एकाउन्टेन्ट्स मानिन्छन् । उनले सञ्चालन गरेको सिएसी नामक चार्टर्ड एकाउन्टेन्ट्स फर्म मुलुककै प्रतिष्ठितमध्ये एक हो । उपाध्यक्षमा भने आइक्यान पार्षद् पियुष आनन्द र युद्धराज ओलीले मनोनयन दर्ता गरेका छन् । दुवैमध्ये एकले दाबी नझिकेमा आइतबार उपाध्यक्ष पदको निर्वाचन हुनेछ । 

आइक्यानमा पार्षद्का लागि हरेक तीन वर्षमा निर्वाचन हुने गर्छ । पार्षद् १७ जनामध्ये १० जना सिए क्षेत्रका प्रतिनिधि चुनिने व्यवस्था छ । चारजना दर्तावाल लेखा परीक्षकबाट चुनिन्छन् भने बाँकी तीनजना सरकारले मनोनयन गर्छ । सिए क्षेत्रबाट चुनिएका १० जनामध्येबाटै हरेक वर्ष अध्यक्ष र उपाध्यक्षको चयन हुन्छ । साधारणतया उपाध्यक्ष नै अध्यक्ष हुने परिपाटी बस्दै आएको छ ।