Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार २५ बिहीबार ०८:४५:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली

कसले गर्न सक्छन् प्लाज्मा दान ?

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार २५ बिहीबार ०८:४५:००

- कोभिड–१९ को उपचारमा प्रयोग गर्न संसारभर प्लाज्मा बैंक स्थापना गरिँदै छ । कोभिड–१९ का बिरामीका लागि प्लाज्मा दान गर्ने लहर चलेको छ ।

- तर, आमा बनिसकेका र गर्भवतीले प्लाज्मा दान गर्न नसक्ने विज्ञहरूले बताएका छन् । विज्ञका अनुसार आमा बनेका महिलाको प्लाज्माले कोभिड–१९ का बिरामीलाई अझ नोक्सान पुर्‍याउँछ ।

- आमा बनिसकेका महिलाको प्लाज्मा कोभिड–१९ का बिरामीमा प्रयोग गर्दा फोक्सोमा असर पुग्ने पत्ता लागेको छ । किनकि, त्यसबाट रक्तसञ्चारसँग सम्बन्धित एक्युट लङ इन्जुरी (टिआरएएलआई)को जोखिम हुन्छ ।

- गर्भधारणपछि महिलामा भ्रूणमा मौजुद पिताको अंशविरुद्ध एन्टिबडी बन्छ, जसलाई हुमन ल्युकोसाइट एन्टिजन (एचएलए) भनिन्छ । महिलाले जति बच्चालाई जन्म दिन्छन्, त्यति नै यस्तो एन्टिबडी बन्छ । त्यही एन्टिबडी महिलाको शरीरमा रोगप्रतिरोधक क्षमताको अंश हो । 

- जब प्लाज्मामार्फत एचएलए एन्टिबडी अन्य व्यक्तिको शरीरमा पुग्छ, फोक्सोमा रहेका श्वेत रक्तकोषिकामा असर गर्न थाल्छ । फोक्सोमा घाउ भएर तरल पदार्थ जम्मा हुन्छ । र, सास फेर्न समस्या हुन्छ ।

- कोरोना भाइरसले पनि श्वासप्रश्वासमै आक्रमण गर्ने हो । त्यसैले आमा बनिसकेका महिलाको शरीरको प्लाज्मा अनुपयुक्त भएको हो ।

- त्यसबाहेक उक्त रक्तचाप, मधुमेह, मुटु, फोक्सो, कलेजो र मिर्गौलारोगीको प्लाज्मा पनि कोभिड–१९ का बिरामीलाई अनुपयुक्त हुने चिकित्सकहरूले बताएका छन्। 

- चिकित्सकहरूका अनुसार कम्तीमा ५५ किलो तौल, हेमोग्लोबिनको मात्रा १२.५ रहेका १८ देखि ६० वर्षका व्यक्तिले मात्र प्लाज्मा दान गर्न सक्छन् । र, दाताको उच्च रक्तचाप र मधुमेह नियन्त्रणमा हुनुपर्छ । दाताले दाँतको उपचार गराएको पनि हुनुहुँदैन ।

- कोभिड–१९ पूर्ण रूपमा ठीक भएको १४ दिनपछि मात्र प्लाज्मा दिन सकिन्छ । एकपटक दिएको दुई सातापछि पुनः प्लाज्मा दान गर्न सकिन्छ । अन्तिम दुई रिपोर्ट नेगेटिभ आएका बिरामीले मात्र प्लाज्मा दिन सक्छन् । आरटी–पिसिआर परीक्षणको दुईपटकको रिपोर्ट नेगेटिभ आएपछि मात्र व्यक्तिको शरीरबाट प्लाज्मा निकालिन्छ ।

- त्यसको २८ दिनपछि प्लाज्मा दान गर्न चाहेमा एन्टिबडी परीक्षण अनिवार्य गरिएको छ । यी सबै सावधानी दाता र प्राप्त गर्ने व्यक्तिको सुरक्षाका लागि अवलम्बन गरिएको हो ।