१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार २५ बिहीबार ०८:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

आइएलओ सम्मेलनमा प्रधानमन्त्रीले भने– श्रमिकहरूको सुरक्षा प्रमुख चुनौती

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार २५ बिहीबार ०८:०६:००

प्रधानमन्त्री केपी ओलीले प्रवासी र अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूको सुरक्षा अहिलेको प्रमुख चुनौती भएको बताएका छन् । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)द्वारा आयोजित भिडियो सम्मेलनलाई बुधबार सम्बोधन गर्दै उनले कोरोना महामारीले विश्व अर्थव्यवस्थामा पार्ने असरको प्रभाव अतिकम विकसित तथा कम आय भएका मुलुकमा पर्ने बताए ।

महामारीका कारण लगानी, व्यापार, यातायात उद्योग क्षेत्र खस्किँदै गएको उनको भनाइ छ । आइएलओका मानवकेन्द्रित एजेन्डाप्रति प्रधानमन्त्री ओलीले ऐक्यबद्धता जनाए । उनले भने, ‘संकटको समयमा मानवताको परीक्षण हुने गर्छ । हामीले अत्यन्त कठिनाइका बीचमा पनि न्याय र निष्पक्षता कायम राख्न निरन्तर मार्गदर्शन गरिरहनुपरेको छ ।’ महामारीका कारण गरिबी बढ्नेतर्फ आइएलओसहित सबै संस्थाको ध्यान जानुपर्ने उनले बताए । 

प्रधानमन्त्री ओलीले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेका प्रयासको पनि चर्चा गरे । नेपालमा औपचारिक तथा अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकको संरक्षण गर्दै दिगो रोजगारका अवसर सिर्जना गर्न सरकारले अल्पकालीन र मध्यकालीन उपाय अपनाएको उनले बताए । महामारीको समस्या विश्वव्यापी भएको भन्दै उनले विश्वस्तरबाटै परिस्थितिको सम्बोधन गर्न सबै एकजुट हुनुपर्ने बताए । सम्मेलनमा ५० मुलुकका सरकार प्रमुख तथा विभिन्न अन्तर्राष्ट्रिय श्रमिक संस्थाका प्रतिनिधि सहभागी थिए ।