मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७७ असार २५ बिहीबार ०६:१८:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

एसइईको नतिजा नआउँदै ए लेभल र ११ मा भर्ना तयारी

साउन दोस्रो साता एसइईको नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७७ असार २५ बिहीबार ०६:१८:००

माध्यमिक शिक्षा परीक्षा, कक्षा १० (एसइईको) नतिजा नआउँदै निजी विद्यालयले ए लेभल र कक्षा ११ मा भर्नाको तयारी गरेका छन् । सरकारले विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा एसइईको ग्रेडसिट दिने निर्णय गरेको छ, तर नतिजा नआउँदै नेपाली र विदेशी बोर्डका शैक्षिक संस्थाहरूले भर्ना प्रक्रिया सुरु गरेका हुन् ।

बुढानीलकण्ठ स्कुलले समेत ए लेभलको भर्ना प्रक्रिया सुरु गरेको छ । अहिले विद्यालयले एसइईको मूल्यांकन शिक्षा विकास तथा समन्वय एकाइमा पठाइरहेका छन् ।

एकाइले राष्ट्रिय परीक्षा बोर्डमा पठाएपछि बोर्डले प्रमाणीकरण गरी नतिजा सार्वजनिक गर्नेछ । साउन दोस्रो साता एसइईको नतिजा सार्वजनिक गर्ने बोर्डको तयारी छ ।