१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
गणेश लम्साल विराटनगर
२०७७ असार २४ बुधबार १८:५५:००
Read Time : < 1 मिनेट
प्रदेश डिजिटल संस्करण

प्रदेश १ मा कोरोना : संक्रमित सात सय दुई, निको हुने पाँच सय २७

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७७ असार २४ बुधबार १८:५५:००

सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाका अनुसार बुधबारसम्म प्रदेश १ मा कोरोना संक्रमित सात सय दुई र कोरोनामुक्त हुनेहरू पाँच सय २७ पुगेका छन् ।

प्रदेश १ मा बुधबार १७ जना कोरोना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार मोरङको लेटाङमा एक पुरुष र धनपालथानमा दुई पुरुष, झापाको मेचीनगरमा एक महिला, चार पुरुष, बिर्तामोड र हल्दिबारीमा एक–एक पुरुष, सुनसरीको इटहरीमा दुई पुरुष, तेह्रथुमको लालीगुराँसमा एक पुरुष, ताप्लेजुङको फुङलिङमा एक महिला, एक पुरुष, इलामको सन्दकपुरमा दुई पुरुषमा संक्रमण देखिएको छ ।  

प्रदेश १ बाट बुधबार १० महिला र ३९ पुरुष संक्रमणमुक्त भई उपचार केन्द्रबाट डिस्चार्ज भएका छन् । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट १४ जना, मोरङको सुन्दरहरैँचास्थित पूर्वाञ्चल विश्वविद्यालय कोभिड–१९ आइसोलेसन केन्द्रबाट ३५ जना डिस्चार्ज भएका हुन् ।