मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७७ असार २४ बुधबार १७:०७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

मुगुमा भारतीय सहयोगमा क्याम्पस भवन निर्माण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७७ असार २४ बुधबार १७:०७:००

भारत सरकारको नेपाल–भारत मैत्री विकास सहकार्य कार्यक्रमअन्तर्गत तीन करोड ५१ लाख १० हजार रुपैयाँको लागतमा मुगुको रातापानीस्थित महादेव मस्त चतुर्देव क्याम्पस निर्माण भएको छ । क्याम्पसको प्रशासनिक तथा शैक्षिक भवनको औपचारिक उद्घाटन बुधबार भएको छ । 

स्थानीय गाउँ विकास परिषद्, विद्यालय व्यवस्थापन समिति र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रतिनिधिहरूले भिडियो कन्फ्रेन्समार्फत भवन उद्घाटन गरेका छन् । 
०६३ सालमा स्थापित क्याम्पस समुदायको स्वामित्वको शैक्षिक संस्थान हो । 

विश्वविद्यालय अनुदान आयोग (युजिसी)बाट स्वीकृति प्राप्त क्याम्पस त्रिभुवन विश्वविद्यालयसँग आबद्ध रहेको छ । क्याम्पसले चारवर्षे स्नातक तहको पठनपाठन सञ्चालन गरेको छ । 
हुम्ला र बाजुरालगायत २४ भन्दा बढी गाउँका विद्यार्थी क्याम्समा अध्ययनरत छन् ।

नयाँ प्रशासकीय तथा शैक्षिक भवन निर्माणको कार्यान्वयन जिल्ला समन्वय समितिले गरेको भारतीय दूतावासले जनाएको छ । शिक्षाको क्षेत्रमा पूर्वाधार विस्तारका लागि नेपाल सरकारलाई सहयोग गर्ने अवसर पाएकोमा भारत सरकारले खुसी व्यक्त गरेको छ ।