Englishमुख्य समाचारसमाचारदृष्टिकोणफ्रन्ट पेजअर्थअन्तर्वार्तामल्टिमिडियाखेलकुदविश्वकोरोना अपडेटप्रवासकर्नर किकसम्पादकीय१३औँ वार्षिकोत्सव विशेषांकस्वास्थ्य र जीवनशैलीफिचरलाेकसेवाप्रेरक प्रसंग१२औँ वार्षिकोत्सव विशेषांकसप्तरंगटर्निङ प्वाइन्ट्स-२०२०प्रदेशटर्निङ प्वाइन्ट्स-२०१९ब्लग
  • वि.सं २०७७ श्रावण २४ शनिबार
  • Saturday, 08 August, 2020
नयाँ पत्रिका सिन्धुली
२०७७ असार २४ बुधबार १६:३५:००
अर्थ डिजिटल संस्करण

कमला नदीमा बनाइएको सडक पुल तोकिएको समयभन्दा अघि सम्पन्न

नयाँ पत्रिका, सिन्धुली
२०७७ असार २४ बुधबार १६:३५:००

सिन्धुली जिल्लाको दुधौली नगरपालिका कमला नदीमा बनाइएको सडक पुल तोकिएको समयअघि नै निर्माण सम्पन्न भएको छ । कालिका रुसुवा ज्वाइन्ट भेन्चर कम्पनीले निर्माण गरेको उक्त पुलको निर्माण कार्यले लकडाउनमा समेत तीव्रता पाउँदा एक वर्षअघि नै निर्माण सम्पन्न भएको छ । तोकिएको समयभन्दा एक वर्षअघि पुल निर्माण भएपछि स्थानीयहरू उत्साहित भएका छन् । 

०७४ मंसिर २७ गते ४२ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी सिन्धुली  दुधौली नगरपालिका– ९ र ११  जोड्ने कमला नदीमा निर्माण गरिएको पुल सम्झौता अवधिभन्दा एक वर्ष अगावै निर्माण सम्पन्न भएको छ । 

कालिका रसुवा ज्वाइन्ट भेन्चर कम्पनीले निर्माण गरेको पुल ०७८ जेठ २७ गते बुुझाउनुपर्ने पर्नेमा ११ महिनाअघि नै निर्माण सम्पन्न भएको कम्पनीका प्रोजेक्ट म्यानेजर डिल्लीराम ढकालले बताए ।

सम्झौतापछि ६ महिना डिजाइन फेज र तीन महिना स्वीकृतिका लागि समय लागेकाले नाै महिनापछि मात्रै निर्माण कार्य सुरु भएको थियो । तैपनि स्थानीयको सहयोग, निर्माण सामग्रीको सहज उपलब्धता, जनशक्तिमा कुनै समस्या नहुनु र कम्पनीले नियमित भुक्तानी गरेका कारण पुल निर्माणको कार्य एक वर्षअघि नै सम्पन्न भएको ढकालले बताए ।  कुल ६ सय मिटर लामो यो पुल प्री–स्ट्रेस मोडलमा बनेको छ । पुलको कुल लागत करिब साढे ६६ करोड रुपैयाँ रहेको ढकालले बताए । 

दुधौली नगरपालिका– ११ का वडाध्यक्ष कुमार लामाले पुल निर्माण भएपछि सिन्धुलीका अधिकांश क्षेत्रका बासिन्दालाई सहज भएको बताए । पुल बनेपछि यस क्षेत्रका मानिसलाई आवतजावत गर्न, विद्यालय तथा क्याम्पस  जान, उपचारका लागि अस्पताल जान र खेतीपातीका लागि समेत सहज भएको उनले बताए । निर्माण कम्पनीको इमान्दारिताका कारण तोकिएको समयभन्दा एक वर्ष छिटो निर्माण सम्पन्न हुनु खुसीकाे कुरा भएकाे लामाले उल्लेख गरे ।  

पुल नहुँदा जोखिम मोलेर आवतजावत गर्नुपर्ने स्थानीयहरू पुल निर्माण भएपछि खुसी भएका छन् । पुल नभएकै कारण बिरामीको अकालमा ज्यान जानुपर्ने अवस्थाको अन्त्य भएको, विद्यालय र क्याम्पस जान सहज भएको, खेतीपातीका लागिसमेत सहज भएको स्थानीयहरू बताउँछन् । लकडाउनमा पनि नियमित काम गरिएकाले तोकिएको समयअघि नै निर्माण सम्पन्न भएको कम्पनीले जनाएको छ ।