१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७७ असार २४ बुधबार १६:१८:००
Read Time : < 1 मिनेट
पालिका अपडेट डिजिटल संस्करण

कोरोना मिटर : थप दुई सय ५५ मा संक्रमण पुष्टि, कुल संक्रमितकाे संख्या १६ हजार चार सय २३ पुग्याे

Read Time : < 1 मिनेट
२०७७ असार २४ बुधबार १६:१८:००

पछिल्लो २४ घन्टामा देशभर थप  दुई सय ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार थप भएकासमेत हालसम्म संक्रमित हुनेको संख्या १६ हजार चार सय २३ पुगेको जनाएको छ । 

विगत २४ घन्टामा देशभरका २५ वटा प्रयोशालामा चार हजार ६ सय ९६ जनाको नमुना परीक्षण गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए ।

त्यसैगरी यो अवधिमा देशभरबाट दुई सय ५३ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या सात हजार सात सय ५२ पुगेको मन्त्रालयले जनाएको छ । निको हुने दर ४७.२ प्रतिशत रहेको गौतमले बताए ।

हाल संक्रमित भई आठ हजार ६ सय ३६ जना आइसोलेसनमा र २५ हजार ४० जना क्वारेन्टाइनमा रहेको उनले जानकारी दिए । 

कोरोना फ्रि जिल्ला पाँच पुग्यो
कोरोना फ्रि जिल्लाको संख्या पाँच पुगेको छ । कोरोनाको संक्रमण देशका ७७ जिल्लामै फैलिएको थियो । 

धनकुटा, भोजपुर, सोलुखुम्बु, हुम्ला र मुस्ताङ संक्रमणमुक्त भएको गौतमले बताए । सबै संक्रमित निकाे भएपछि ति जिल्ला संक्रमणमुक्त भएकाे हाे ।

यसैगरी पाँच सयभन्दा बढी संक्रमित भएको जिल्लामा महोत्तरी, रौतहट, पाल्पा, अछाम कैलाली र बाजुरा छन् ।